अर्घाखाँचीः डमरु दहको काखमा महायज्ञ, दर्शनार्थिको घुइचो

गोपाल प्रसाद भट्टराई
बैशाख–४,अर्घाखाँची।  क्याम्पसको भौतिक र शैक्षिक स्तरवृद्धि गर्ने उद्देश्यका साथ ज्योति भविश्वर बहुमुखी क्याम्पस ठाडाले डमरु दहको काखमा श्रीमद् भागवत ज्ञानमहायज्ञ शुरु गरेको छ ।
महायज्ञको लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरेले उद्घाटन गर्नु भएको हो । नयाँबर्षकोे अवसर पारेर बैशाख १ गते शनिबाट सुरु भएको ज्ञान महायज्ञ बैशाख ९ गते सम्म संचालन हुने आयोजक पक्षले जानकारी दिएको छ ।
महायज्ञको उद्घाटन गर्दै प्रदेश सभा सदस्य घिमिरेले भौतिक निर्माणले समाज सवल बन्न नसक्ने बताउनुभएको छ । सांस्कृतिक र समाजिक विकासलाईपनि संगैलिएर अगाडि बढ्न सकेमात्रै मुलुक समृद्ध बन्न सक्ने प्रदेश सांसद घिमिरेको तर्क छ ।

मुलुकमा बढ्दै गएको शैक्षिक बेरोजगारी अन्त्यको लागि प्राविधिक र जिवनोपयोगी शिक्षाको आवश्यकता रहेको उहाँले बताउँनुभयो ।
अर्घाखाँची पर्यटन व्यवसायको लागिपनि प्रचुर सम्भावना बोकेको ग्रामिण क्षेत्र भएको ब्रिफिङ्ग गर्दै प्रदेश सांसद घिमिरेले ज्ञानमहायज्ञले पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विस्वांस व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, शितगंगा नगरप्रमुख छविलाल पौडेल, उपप्रमुख गिता भाट, प्रमुख प्रशासकिय अधिकृत अर्जुन शार्माले क्षेत्रफलको हिसाबले शितगंगा नेपालकै ठुलो नगरपालिका भएपनि बजेट अभाव र भौगोलिक विकटताका कारण आवस्यक विकास र सेवा प्रवाह गर्न नसकिएको बताउनुभएको छ । नगरपालिकाको नाममा शितगंगालाई एउटै
डालोमा राखेर बजेट विनियोजित गर्दा शितगंगा पछि परेको उहाँहरुको तर्क छ ।
शितगंगालाई समानता नभइ समताको आधारमा बजेट छुट्याउनुपर्नेमा उहाँहरुको जोड छ ।
हजारौको सहभागितामा शोभायात्रा महायज्ञको उद्घाटन हुनु अघि बैशाख १ गते हजारौको सहभागितामा शोभायात्रा(कलश) यात्रा निकालिएको थियो । डमरुदहको काखबाट वाजागाँजा सहित निस्किएको कलशयात्रा ठाडा,अमराई हुदै पनः डमरुदहमै पुगेर सभामा परिणत
भएको थियो । त्यसका साथै विभिन्न भेषाभुषा सहितको कला संस्कृतिहरु पनि प्रर्दशन गरिएको थियो । कार्यक्रममा बोल्दै मुख्य कथावाचक बालयोगेश्वर बिजयकृष्ण मुर्ति महाजराजले क्याम्पस संचालनको निम्ती आयोजित महायज्ञ
भएकोले आफु र आफ्नो टिमले कुनै पैसा नलिने बरु क्याम्पसलाई थप सहयोग गर्ने वचन दिंदै महायज्ञको लक्ष्य भेटाउन सबैको सहयोगको खाँचो औल्याउनुभएको छ ।

९ दिनसम्म चल्ने महायज्ञमा भागवत कथावाचन, भजन–किर्तन, आरती,धार्मिक नाटक प्रदर्शन तथा विभिन्न किसिमका नृत्य एवम् झाँकी समेत प्रर्दशन गरिने मुख्य कथावाचक महाजराजले जानकारी दिनुभएको छ ।
कार्यक्रममा शितगंगा नगरपालिकाका संस्थापक नगर प्रमुख सुर्य प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सह–सचिव हृदय कुमार भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वि.सं.२००९ सालमा ज्याति मिडिल स्कुलको नामबाट स्थापना भइ यस विद्यालयले दक्षिण खाँचीको शिक्षाको विगुल फुकेको पाइन्छ । स्थानिय अगुवा, सरोकारवाला सहित सरकारीतहको समेत सहयोग र पहलमा वि.सं.२०२० सालमा माध्यमिक, वि.सं.२०५७ सालमा उच्च मा.वि. र वि.सं.२०६९ सालदेखि बि.एड. तहको अध्यापन हुँदै आएको क्याम्पसमा वि.सं.२०७० सालदेखि वि.वि.एस.तहको समेत पठनपाठन हुँदै आएको छ ।

भौगोलिक विकटता र कम आर्थिक आय भएका परिवारलाई ज्ञान दिने दक्षिण खाँचीको ज्योतिको रुपमा उदाएको ज्योति भविस्वर बहुमुखी क्याम्पस स्रोत अभावले आफै थला पर्छकी भन्ने चिन्ताले त्यहाँका नेतृत्वलाई सधै सताउने गर्दछ ।
पढ्दा–पढ्दै बिहे गरेपछि बुहारी बनेर गइ शितगंगामा बसोबास गर्ने चेलीहरुको लागि समेत शिक्षा लिने महत्वपूर्ण अवसरको रुपमा रहेको उक्त क्याम्पसले अध्यापन गराउँदै आएका सबै बिषय संचालनको निम्ती भौतिक संरचना निर्माण र अध्यापन गराउने प्रध्यापकहरुलाई पारिश्रमिक दिने स्रोतको अभाव
भएपछि यो महायज्ञ संचालन गर्नुपरेको क्याम्पस प्रमुख बिष्णु प्रसाद भट्टराईको भनाई छ ।

क्याम्पसको लागि ५ करोड रुपैंया भेटि संकलन गर्ने लक्ष्यका साथ संचालनमा रहेको महायज्ञमा श्रदालु भक्तजन र दानबिरहरुको घुइचो लाग्ने गरेको बताइएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार