हिजाेदेखी अर्घाखाँची भूमिकास्थानमा लागेको आगाे नियन्त्रण बाहिर, दसौं लाखको क्षति भएको आशंका

टेकराज भुसाल,
सन्धिखर्क । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा लागेको आगाे नियन्त्रण बाहिर रहेको छ।

शनिवार दिउसो भूमिकास्थान-३ काे रातामाता जंगलबाट लागेकाे आगाे रातामाटा, जाबुनडाँडा, बाजाखर्क र भूमिकास्थान -४ काे फलामखिल्ली लगायतका बस्तीमा पस्दा ३० घर/ गाेठ, केही पशुचाैपाया र एउटा माेटरसाइकल जलेर नष्ट भएका छन्।

आगाेबाट भूमिकास्थान- ३ का राजु भुसालकाे घरगाेठ, रिखिराम भुसालको घर, गंगाराम भुसालको गाेठ, खुमप्रसाद भुसालको थाराे, एउटा भैंसी घाइते एउटा मरेकाे, डाेल प्रसाद भुसालको गाेठ, पूर्णप्रसाद भुसालकाे गाेठ र एउटा माेटरसाइकल, विष्णु जिसीकाे पसल गर्ने खाेका, रेशम परियारकाे घर, तिलक भुसालको थारे घर, पदम भुसालकाे गाेठ, शान्ता बन्जाडेकाे गाेठ, बेदुराम बिककाे गाेठ, मिना बिककाे गाेठ, निमबहादुर बिककाे गाेठ, बसन्ता मल्लकाे घर, गाेठ, गंगाबहादुर बिककाे गाेठ, कृष्णकुमारी वलीकाे घर, गाेठ र पशुचाैपाया, रामजी भुसाल घर र गाेठ, शाेभाखर बन्जाडेकाे गाेठ, दुर्गा बिक थारेघर, भुपलाल भुसालकाे गाेठ र भैंसी, झविलाल भुसालकाे घर र गाेठ, खिमप्रसाद भुसालकाे घर, ईश्वरी भुसालको गाेठ र भूमिकास्थान-४ फलामखिल्लीकाे कामीडाडाका भगवती थापाको  १ घर र गाेठ जलेर नष्ट भएको भूमिकास्थान-३ का स्थानीय इन्द्रमणि भुसालले जानकारी दिनुभएको छ।

हिजाे दिउसोदेखि नै आगाे निभाउनका लागि एउटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीय प्रयासमा रहेपनि आगाे अझैसम्म नियन्त्रणभन्दा बाहिर रहेको र आगाेबाट दसौं लाखकाे क्षति भएको आशंक गरेपनि आगाे नियन्त्रणभन्दा बाहिर रहेकोले के कति क्षति भयो भन्ने एकिन नभएको भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले बताउनुभएको छ।

तस्बिरहरु:- 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार