श्यामलाल पोखरेल
बुटवल, जेठ २६ ।
कोरोना भाईरसको उपचारका लागि किवानीज क्लव अफ रुपन्देही, लुम्बिनी भलवारीले तिलोत्तमा नगरपालिकाको शंकरनगरमा सञ्चालित आइशोलेसख अस्पतालका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमण फैलिन थालेपछि तिलोत्तमा नगरपालिकाले शंकरनगर स्वास्थ्य चौकीमा आइशोलेसन अस्पताल सञ्चालन गरेको थियो । सोमबार एक कार्यक्रमबीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेलाई उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्ण गरिएको हो । आइशोलेसन अस्पातलमा कार्यरत स्वास्थ्यकर्मीलाई उपचारमा सहज होस् भन्ने उद्वेश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको क्लवका अध्यक्ष सुरज पंगेनीले बताउनु भयो । २५ थान पिपिसेट, ३० थान एम नाइन्टी फाइव मास्क र भिटिएम मेशीन क्लवका अध्यक्ष सुरज पंगेनी, सचिव अमन श्रेष्ठ, कोषाध्यक्ष मनोज आचार्यसहित क्लवका पदाधिकारी र सदस्यहरुले नगर प्रमुख घिमिरेलाई हस्तान्त्रण गरेका हुन् । सोही कार्यक्रममा बोल्दै नगरप्रमुख बासुदेव घिमिरेले कोरोना भाइरसबाट कोही पनि त्रसित हुन नहुने र आतमवल बढाएर सामाजिक दुरी कायम गरेर सचेत बन्न सबैलाई आग्रह गर्नुभयो । सबै मिलेर मात्र काोराना संक्रमणलाई जित्न सकिने भएकाले कोरोना संक्रमणको उपचारका लागि क्लवले गरेको सहयोगले राहत मिलेको बताउनु भयो । आइशोलेसन अस्पताल व्यवस्थापन समितिका संयोजक तथा तिलोत्तमा नगरपालिका २ का वडाध्यक्ष दधिराम गौतम र आइशोलेसन अस्पतालका इन्चार्ज केशव भट्टराइले सामाजिक क्षेत्रको सानो सहयोगले पनि अस्पताल सञ्चालनमा ठूलो सहयोग मिल्ने बताउनु भयो ।