
श्यामलाल पोखरेल
बुटवल, जेठ २७ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश नम्बर पांच र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले प्रदेश पांचका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । ट्रक व्यवसायीका समस्या समाधानको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । व्यवसायीका समस्यालाई समेटेर आगामी वजेटको व्यवस्था गर्न माग गरिएको छ । कोभिड १९ ले गर्दा ट्रक व्यवसायीले भोग्नुपरेको समस्याबारे अवगत गराउंदै मालवहाक सवारी साधनमा गत वर्षदेखि लगाईएको मुल्य अभिबद्धिकर भ्याटको विककल्प ल्याउन मुख्यमन्त्री समक्ष माग गरिएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पांचका संयोजक यमप्रसाद पाण्डे र पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव तथा प्रदेश ५ का सल्लाहकार जीतबहादुर भाटले संयुक्त रुपमा मुख्यमन्त्री पोखरेलललाई ज्ञापनपत्र बुझाउनु भएको हो । संघीय सरकारले आर्थिक वर्ष २०७७ ।०७८ को वजेटमा पनि मालवहाक सवारी साधनलाई मुल्य अभिबद्धिकर भ्याट यथावत राखिएकाले यसलाई हटाउन ज्ञापनपत्र मार्फत मुख्यमन्त्रीसंग माग गरिएको छ । ज्ञापनपत्रमा कोभिड १९ को माहामारीको अवधीसम्मको यातायात व्यवसायीले लिएको बैंक तथा वितिय संस्थाको ऋणको व्याज मिनाहा र किस्ताको पुनरताजकिकरणका लागि वजेटमा व्यवस्था गर्न माग गरिएको छ । कोरोना महामारीको समयमा पनि ट्रकका चालक र सहचालकले जोखिमका साथ सवारी संचालन गरेकाले उनीहरुको सुरक्षाको प्रबन्ध मिलाउन र बीमाको व्यवस्थाको मिलाउनसमेत ट्रक व्यवसायीको माग छ । भारतीय गाडिहरु निर्वाद रुपमा नेपाल भित्रदा नेपाली गाडिहरु समस्या परेकाले यो विषयमा ध्यान केन्द्रित हुन नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश नम्बर पांचका संयोजक यमप्रसाद पाण्डेले प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । अनावश्यक भारतीय गाडिहरुको आगमनले स्वरोजगार नेपाली ट्रक व्यवसायी आर्थिक रुपमा विपन्न भएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जीतबहादुर भाटले बताउनु भयो । निर्वाद रुपमा नेपाल आउने घारतीय गाडिहरु रोक्नका लागि ट्रक व्यवसायीले सरकारसंग राख्दै आएको पुरानो माग हो । नेपालका सडकहरुले भार थाम्न नसक्ने गरी मालसमान ल्याएर आउने भारतीय गाडिहरुका कारण नेपाली गाडिहरुले काम नपाउने गरेको ट्रक व्यवसायीको गुनासो छ ।