ढाकावाङ्गका आगलागी पीडित थापालाई ढाकावाङ्ग-रुपन्देही समाजको आर्थिक सहयोग

अर्घाखाँची। ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले ढाकावाङ्गका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ।

भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ साविक ढाकावाङ्ग गाविसबाट विभिन्न सिलसिलामा रुपन्देही आएका बीच खाेलिएकाे समाजले भूमिकास्थान-१ ढाकावाङ्ग साम्नेगाउका  आगलागी पीडित टेकबहादुर थापालाई आर्थिक सहयोग गरेको हो।

बुधबार भूमिकास्थान-१ का वडाध्यक्ष गाेपालप्रसाद खनाल, वडा सदस्य मेघराज खनाल लगायतको उपस्थितिमा समाजका सहसचिव टेकराज भुसालले आगलागी पीडित थापाको घरमै पुगी पीडितलाई नगद रु. ५ हजार रुपैया सहयोग प्रदान गर्नुभएको हो।

सहयोग हस्तान्तरण गर्दै समाजका सहसचिव टेकराज भुसालले सानो सहयोगले पनि पीडितलाई केही राहत मिल्ने उद्धेश्यले आर्थिक सहयोग गरेको र थप सहयोगका लागि समाजले पहल गरिरहेको बताउनुभयो।

यस अघि पनि सम्पर्क समाजले भूमिकास्थान-३ र ४ धारापानीका आगलागी पीडितलाई आर्थिक सहयोग र विभिन्न राेग लागेर उपचारमा समस्या आएकालाई आर्थिक सहयोग गर्दै आएको छ।

भूमिकास्थान-१ वडाध्यक्ष गाेपाल खनालले नगरपालिका, वार्ड कार्यालय लगायत विभिन्न संघसंस्थाकाे सहयोग आवास निर्माण पूरा हुन लागेको बताउदै सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

गत बैशाख १८ गते लागेको आगाेले टेकबहादुर थापाकाे घरगाेठ पसल र बस्तुभाउ पूर्णरूपमा जलेर नष्ट भएका थिए।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार