भूमिकास्थानमा विपद् व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धि  तालिम सम्पन्न

अर्घाखाँची।  जिल्लाको भूमिकास्थान नगरपालिकामा विपद् व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धि २ दिने युवा स्वयंसेवक परिचालन तालिम सम्पन्न भएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको युवा स्ययंसेवक परिचालन तालिम शनिवार सम्पन्न भएको हो।

भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा संजालका संयाेजक टेकराज भुसालको सहजीकरण सम्पन्न समापन सत्रमा भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख, तुवलाल सापकोटा, प्रशिक्षक लिलबहादुर बिक र राजेश पाण्डे लगायतकाे उपस्थिति रहेको थियो।

शुक्रबारदेखि शुरु भएको तालिममा भूमिकास्थान नगरपालिकाका १० वटा वडाबाट ५० जना युवाहरुकाे उपस्थितिमा प्रकाेप, विपत्ति लगायतका विषय प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो।

भूमिकास्थान युवा संजालकाे बैठक सम्पन्न
भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा संजालकाे बैठक सम्पन्न भएको छ।

बैठकले सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ काे स्वीकृत कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद् (संघ सशर्त अनुदान) काे प्रदेश स्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रमका लागि भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा संजालका संयाेजक टेकराज भुसालको नेतृत्वमा सहभागी हुने लगायतका विभिन्न विषयमा निर्णय गरेको संयाेजक भुसालले बताउनुभएको छ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार