एमसीसी हात थाप्ने होइन, भ्रटाचारीको सम्पती खोजौंः प्रदेश सांसद जिसी

जेठ ३० बुटवल ।     प्रदेश ५ का सांसद तारा जिसीले पैसाको लागि विदेशीसामु हात थाप्ने प्रवृति गलत भएको बताउनुभएको छ ।

प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकको विशेष समय बोल्दै सांसद जिसीले एमसीसी जस्तो खतरनाक सर्तसहितको विदेश परियोजना भित्र्याउन भन्दा भ्रष्टाचारीको सम्पती खोज्नुपर्ने बताउनुभयो । उहाँले संघीयताका नाममा खर्च भएको अरबौं रुपैयाँ फजुल खर्च देश विकासमा लगाउनुपर्ने बताउनुभयो ।

‘पैसा त एनसेलले झण्डै ७२ करोड, भाट भटेनीको करोडौं कर छली, लडाकु शिविरको साडे चार अर्ब करिबको घोटाला र बेरुजू र भ्रष्टाचारको रकम उठाए एमसीसीको भन्दा दशौं गुणा रकम देश भित्रै छ’ सांसद जिसप्ले भन्नुभयो, ‘संघीय संरचनामा विना काम अरबौं रुपैयाँ खर्च भएको छ । साम्राज्यवादीको जोखिमपूर्ण अनुदान भन्दा अरु विकल्प खोज्नुपर्छ ।’

एमसीसी इण्डोप्यासेफिक रणनीतिको अंग भएको तथ्यहरुले पुष्टी भैसकेको बताउँदै सानो सहयोगको लालचमा देशलाई नै जोखिममा पार्ने, साम्राज्यवादीहरुको क्रिडास्थल बनाउने प्रयत्न अत्यन्त निन्दनीय मात्र नभै आत्मघाती कदम हो भन्दै यसलाई सम्पूर्ण रुपमा खारेज गर्नुपर्ने जिसीको भनाई थियो ।

सांसद जिसीले सरकारको नागरिकप्रतिको गैरजिम्मेवार रवैयाले समुदाय नै कोरोना महामारीको जोखिममा परेको बताउनुभयो । पीसिआर रिपोर्ट छिटो छरितो बनाउन सरकार गम्भीर नहुनु, रिपोर्ट नआउँदै समुदायमा घुलमिल हुँदा जोखिम बढेको भन्दै कुशल ब्यवस्थापनको दाबी गरेर नथाक्ने प्रदेश सरकारको महामारी नियन्त्रणमा खेलेको भूमिका यही हो भनी प्रश्न पनि गर्नुभयो ।

कोरोना महामारीका कारण उत्पन्न परिस्थितिले देशभरमा एक हजार भन्दा बढीले आत्महत्या गरेको तथ्य औंल्याउदै मजदूर र निम्न वर्गलाई उचित राहतको ब्यवस्था गर्दै भय र त्रासबाट मुक्त जीवन जीउने वातावरण सिर्जना गर्न सरकारसँग माग गर्नुभयो।

सरकार कै नेता, कार्यकर्ता, ठेकेदार र कर्मचारी समेतको मिलिमतोमा विकास कार्य गुणस्तरहीन भएको कुरा पटक पटक सदन र सडकबाट उठाएको स्मरण गर्दै सांसद जिसीले गुणस्तरहीन सडक निर्माण कै कारण देसमा सडक दूर्घटना बढेर गएको बताउनुभयो ।

देशको मुख्य आयश्रोत रेमिट्यान्स नाम मात्रको रहने चर्चा गर्दै विदेशी अनुदान र चर्को कर राज्यको आय श्रोत भएको र यसैमा पनि सिमित ब्यक्तिहरुले ब्यापक दूरुपयोग गर्नु देशको दूर्भाग्य भएको बताउनुभयो ।

केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुई तिहाईको प्रतिनिधित्न गर्ने यो सरकारले एक साल मात्रै कार्यकर्तालाई कमाउन छाडेर विकासमा रेखदेख र अनुगमनको निर्देशन दिए देश र प्रदेशको समेत विकास कार्यको गतीमा कायापलट हुने सांसद जिसीले बताउनुभयो ।

त्यस अवसरमा सांसद जिसीले आफ्नो क्षेत्रका विभिन्न विकास योजनाको चर्चा गर्दै सरकारले विकास निर्माणको काममा ध्यान नदिएको बताउनुभएको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार