
बुटवल । चौथो रिम टेनिस नेपाल नेशनल जुनियर ओपन टेनिस प्रतियोगितामा बुटवलकी श्रीनवी अर्याल नेपाल तेस्रो भएकी छिन् ।
सैनिक आवसिय महाविद्यालय कक्षा ६ मा अध्यानरत श्रीनवी अर्याल १५ जुन देखि १९ जुन सम्म ललितपुरमा सञ्चालन भएको प्रतियोगितामा नेपाल तेस्रो भएकी हुन ।
प्रतियोगितामा नेपाल तेस्रो भएकी अर्याल शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिन ।
उनलाई टेनिस नेपालका अध्यक्ष अजय विष्ट, टेनिस नेपालका हेड कोच राजकुमार लामाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
श्रीनवी सैनिक महाविद्यालय बुटवलका निमित्त व्यवस्थापक सेनानी नरेश अर्यालकी छोरी हुन ।
श्रीनवी लाइ काेच विकाश खड्काले प्रशिक्षणा दिदै आएका छन् ।