देवदहको बजेट डेढ अर्ब बढि

बुटवल । देवदह नगरपालिकाले डेढ अर्व बढीको बजेट ल्याएको छ ।  नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले  १ अर्व ५० करोड १० लाख  ६५ हजार पाँच सय रूपैयाँको बजेट पेश गरेकी हुन् ।

विनियोजित बजेटमा आ.व. ०८१/८२ मा  २५ करोड ४६ लाख ८८ हजार ५ सय आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।  संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८४० राजश्व वाडफाड मार्फत आम्दानी हुने अनुमान गरिएको छ । बजेटमा संघीय सरकारबाट विभिन्न शिर्षकमा  ४० करोड बढी  र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको छ ।

गतवर्ष करिव १ अर्व ३२ करोडको बजेट ल्याएको देवदहले आगामी आर्थिक वर्षको लागि भने बजेटको आकारमा वृद्धि गरेको छ ।  झन्डै १८ करोड रूपैयाँ  वृद्धि गरेको छ । गत वर्ष १८ करोड ४१ लाख ६० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरले असारको पहिलो हप्तासम्म १० करोड २० लाखको हाराहारीमा राजस्व संकलन गरेको छ । यद्यपि आगामी आवको लागि प्रस्तावित बजेटमा भने अहिले संकलित राजश्वको दोब्बरभन्दा बढी संकलन गर्ने योजना नगरले अघि सारेको छ ।

नगरपालिकाले ल्याएको बजेटमा आर्थिक विकास तर्फ २ करोड ७८ लाख ५० हजार रुपैयाँ  विनियोजन गरिएको छ ।  जसमा कृषि तर्फ ५६ लाख, पशु विकास तर्फ ३१ लाख ३० हजार, सहकारी तर्फ ८ लाख ४० हजार, पर्यटन, संस्कृति तथा सम्पदा तर्फ ५६ लाख, उद्योग वाणिज्य तर्फ ५५ लाख, भुमि व्यवस्था तर्फ ६९ लाख तथा श्रम, रोजगार र गरिवी निवारण तर्फ २ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास तर्फ ६ करोड ३३ लाख ४९ हजार ५०० रुपैयाँ छुट्याइएको छ । जसमा शिक्षा तर्फ २ करोड ८५ लाख ७८ हजार ५ सय, स्वास्थ्यमा ८९ लाख ३१ हजार, खानेपानीमा १० लाख ७० हजार, महिला विकासमा १८ लाख, समावेशीकरणमा ७० लाख, युवा तथा खेलकुदमा ४९ लाख ७० हजार र बालमैत्री शासन शिर्षकमा ५ लाख विनियोजन गरिएको छ ।

पुर्वाधार विकासमा ७ करोड २० लाख  विनियोजन गरिएको छ । विपद व्यवस्थापनमा ८३ लाख ४० हजार,  संस्थागत विकास र सुशासनमा १८ करोड ८६ लाख  ७५ हजार छुट्याइएको छ । सधै झैँ यो वर्ष पनि नगर प्रमुख र उपप्रमुख सम्बोधित कार्यक्रमलाई १/१ करोड विनियोजन गरिएको छ । जसमा नगर प्रमुख सम्बोधित कार्यक्रम शिर्षकमा ५० लाख राखिएको छ भने सोही अन्तरगत मागको आधारमा पूर्वाधार विकास कार्यक्रम शिर्षकमा ५० लाख छुट्याइएको छ । त्यसैगरी उपप्रमुख सम्बोधित कार्यक्रम शिर्षकमा ३० लाख र सोही अन्तरगत मागको आधारमा पूर्वाधार विकास कार्यक्रम शिर्षकमा ७० लाख रुपैया विनियोजन गरिएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार