“क्याम्पसको ढोका छुन नपाएको मान्छेको सोच”

बिन बहादुर रेग्मी
जन्म सँगै मृत्यु सास्वत सत्य हो,जन्मदा खुशि र मर्दा दुख यो प्राकृतिक नियम हो।मानव जातिमा मात्र नभएर जिव जन्तु पशु पंक्षीमा पनि मिलनमा खुशी र वियोगमा दुख देख्न सकिन्छ।एऊटा सिकारीले गुलेलीले हानेर खसालेको ढुकुरलाई देखेर अर्को ढुकुरले कसरि विलाप गर्छ सायद तपाईहरूले देख्नु भएकै होला।कसैको मायाको सुखी संसारमा गुलेली हान्नेहरू पापी हुन,त्यसको सजाय छ भने तुरून्तै दिनुपर्छ। पाच बर्षको दुधे बालक देखी सत्तरी बर्षकी बुढि बोई बलत्कृत भकाछन। छिमेकी असल नहुदा डर त्रासमा बाच्नुपरेको तितो सत्य हामिले भोगिरहेकै छौ।त्यस्तो बेलामा समेत डटेर सामना गर्ने जिवनको मुल्य बुझेका हामि आत्महत्या को बिषयमा पनि स्पष्ट छौ।आत्महत्या किन गर्ने?यो सुन्दर धर्तिमा सुन्दर बगैचामा सुन्दर फुलहरू फुलाऊन पाएको अमुल्य मानव जिवन किन खेर फाल्ने?धनपैसोको समस्या,विरामी रोग भोकको समस्या,सुरासुन्दरीको समस्या,वर्गविभेदको समस्या अझ अर्को शब्दमा भन्नुपर्दा सम्पूर्ण मानवजातिको समस्याको विरूद्धमा लडनको लागी हामी धर्तिमा आएका जन्मिएका हौ।हामीले गर्न नसकेको काम नयाँ पुस्ताले गर्ला भनेर सन्तान ऊत्पादन र पारिवारीक जिवनको सामान्य औपचारिकता पनि निभाएका छौ।बाच्दा सम्म बाच्नुपर्छ भन्नाले सास चल्दा सम्म बाच्नुपर्छ।बाच्दा सम्म समाजसेवामा लाग्नुपर्छ।सके सम्म आफै जानिबुझी सास फेर्न बिर्सनु हुदैन।यदि त्यसरि जानिबुझी डिप्रेशन भन्ने संसारमा गएर कसैले सास फेर्न बिर्सन्छन भने वा हल्ला नगरि आत्महत्या गर्छन भने ति कायर हुन।तिनीहरूलाई श्रद्धाञ्जलीको शब्द पनि छैन चाहे सेलिब्रेटी हुन चाहे किराफट्यांग्रा हुन।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार