शुभम बन्जाडे
शिक्षा भन्नाले कुनै पनि प्रकारको ज्ञान आर्जन गर्ने भन्ने बुझिन्छ । शिक्षा मानव जीवनमा नभै नहुने विषय हो । शिक्षाले मूर्खलाई पनि सज्जन बनाउन सक्छ। हरेक व्याक्तिको पहिलो विद्यालय भनेको घर र शिक्षक भनेको आमा हो। कुनै पनि बालकले कुनै पनि कुरा सिक्ने माध्यम भनेको नै घर अनि विद्यालय हो । विद्यार्थी ज्ञान आर्जन गर्न विद्यालय जान्छन। विद्यालयलाई एक पवित्र स्थानको रुपमा मान्यता दिइन्छ तर त्यहि विद्यालयमा शिक्षाको नाममा व्यापार गरिन्छ ।
अहिलेको समयमा शिक्षा भनेको व्यापार हो। कसैलाई धनि हुन मन छ भने निजी विद्यालय खोलेर बस्दा हुन्छ भन्दा फरक पर्दैन । अहिलेको २१ औं शताब्दीमा आउदा निजी विद्यालयहरुले शिक्षाको नाममा महङ्गो शुल्क लिएर शिक्षालाई व्यापार बनाइ रहेका छन् । प्राइबेट कलेजहरूमा भर्ना हुन जादा कपडाको मूल्य बारगेनिङ गरे जस्तो भर्ना शुल्क र पढ्ने अवधि भर लाग्ने शुल्कको बारगेनिङ गर्नु पर्छ। यस्तो अवस्थामा गरिबहरूले कसरी पढ्ने । नपढौ भने शिक्षा भनेको जीवनको महत्त्वपूर्ण विषय हो, पढौं भने कसरी पढौं पैसा छैन भन्ने समस्या गरिवहरु र मध्यम वर्गिय परिवारलाई छ। नेपालमा कयौ महङ्गा कलेजहरु छन् जसमा सबै आमाबुबाले आफ्ना छोराछोरीलाई पढाउन चाहन्छन् तर समस्या यति मात्र छ कि पैसा छैन। शिक्षामा भएको व्यापारले गर्दा कैयौं गरिब तथा जेहेनदार विद्यार्थीले पढ्न पाएका छैनन । जनतन भर्ना सम्म भएपनि पछि पैसा नतिरेर परिक्षा दिन पाइरहेका हुदैनन् ।
विद्यालय खोल्ने अनि, विद्यार्थीलाई पढाउने निहुँ मा कति मानिसहरु घनि बन्दै गइरहेका छन् । शिक्षामा व्यापार कहिले सम्म ? यसको अन्त्य कहिले हुन्छ ? भन्ने गम्भिर प्रश्न आउछ यहाँ । जो अलि धनी छ , पैसा तिरेर भए पनि आफ्ना छोराछोरी पढाउन सक्छ उसैले आफनो पहुचवाला संग कुरा मिलाएर आफ्न छोराछोरिलाइ छात्रावृत्तिमा अथवा निशुल्क रुपमा पढाइरहेको हुन्छ। गरिव परिवारले न त कतै राजनैतिक शक्ति देखाउन सक्छ न त पैसा तिरेर पढाउन सक्छ। शिक्षामा भएको व्यपारले गर्दा गरिब परिवारलाई धेरै मार परेको छ ।
के शिक्षामा भएको व्यापारको निती बदलिने छैन् ? गरिब तथा जेहेन्दार विद्यार्थी ले निशुल्क कहिले पढ्न पाउने ? धनीहरूले राजनैतिक शक्तिको प्रदशन गर्दै कहिले सम्म शिक्षामा व्यापार गर्न ? यो निति बदलिन पर्छ र आम जनताका छोराछोरीले पनि राम्रो शिक्षा हासिल गर्न पाउनु पर्छ ।
शिक्षामा व्यापार भएन भने विद्यार्थीले राम्रो शिक्षा पाउने छन् र देशको उन्नति हुनेछ । राम्रो शिक्षा खोज्दै विदेश जान पर्ने अवस्था आउने छैन। त्यसैले राज्यले पहिले प्राथमिकता शिक्षालाई दिनुपर्छ।