चुनावमा हारे पनि निरन्तर जनताकै काममा तल्लीन छन् राष्ट्रिय जनमोर्चाका युवा नेता खनाल

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ढाकावाङमा जन्मिएर सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निबासि कबिराम खनाल निर्माण ब्यबसायी सँगसँगै अहिले राजनीति तथा सामाजिक काममा सक्रिय बनेर अगाडि बढेका छन् ।

  • गत स्थानिय चुनाबमा नेपाली काङ्ग्रेस र तत्कालीन माओवादी चुनावी तालमेलमा जाँदा पनि एमालेको गढभनेर चिनिने सो ठाउँबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट चुनाब लडेका खनालले दुई पार्टीको तालमेललाई समेत धक्का दिदै झिनो मतले हार ब्योहोरेका कवि खनालले सो ठाउँमा नेकपाका नेता पिताम्बर भुसाललाई सयौं मतले जित्न सफल भएका ब्यक्ति हुन ।

खनाल सामाजिक राजनीति दुबै क्षेत्रमा चर्चित छन् । सामाजिक संघ- संस्था युवा क्लबहरु लगायत जिल्लाका दर्जनौं संघ- संस्थामा क्रियासिल छन ।खनाललाई गाउँका जनताहरुले निकै बिस्वास गर्ने गर्दछन् । देख्दा सरल सभाबका देखिने खनाल हसिला रसिला सहयोगी हातका धनी हुन ।

उनी अहिले राष्ट्रिय जनमोर्चाका जल्दाबल्दा युवा नेता भए पनि स्थानिय चुनाबको मत हेर्दा भुभिकास्थान नगरपालिकामा जनमोर्चाको मत भन्दा अन्यपार्टीको ४० प्रतिशत मत ल्याउन लोकप्रियता कमाएका नेता हुन । चुनाब हारेपनि अर्घाखाँचीमा उनको जति लोभ लाग्दो भोट अन्य जित्ने नेताहरूको सम्म नदेखिने राजनीति बिष्लेशकहरुको बुझाई छ । सामाजिक संघ- संस्थामा पनि कवि खनालको व्यापक खोजि हुने गर्छ ।

अहिले पनि उक्त नगरपालिकाका जनताले अप्ठ्यारो पर्दा उनलाई खोज्ने गर्दछन । कवि खनालले निर्माण ब्यबसाय मात्रै नगरि अहिले सामाजिक काममा ब्यस्त छन्। युवाहरुको ढुकढुकी बन्न सफल खनाल सामाजिक अभियान्ता पनि हुन । उनले गरेका कामहरु निकै पार्दर्सि हुने गरेका छन ।

खनाल अहिले पनि गाउँमा जनताको काममा ब्यस्त छन् । हाम्रा पाठकवर्गहरुलाई स्मरण पनि गराउन चाहान्छौं गत स्थानिय चुनावमा अहोरात्र खटिरहेका उनी प्रतिद्वन्दीसँग झिनो मतले हारे पनि कत्ति पनि हतास वा चिन्तित भएनन् बरु उल्टै प्रतिद्वन्दी विजयी उम्मेद्वारलाई अबिर र माला लगाएर विजयी जुलुसमा सहभागी भई खुशी बाँड्ने नेता मध्ये इतिहासमै अर्घाखाँचीका पहिलो नेता हुन्।

स्रोत: अर्घाखाँची बुलेटिन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार