
गाेपालप्रसाद भट्टराई,
अर्घाखाँची । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा वृक्षारोपण गरिएको छ ।
हरियाली सडक प्रवद्र्धन गर्ने उद्धेश्यले भूमिकास्थानको कार्यालय देखि घाटाखोला सम्म सडक छेउँमा वृक्षारोपण गरि दिवस मनाइएको हो ।
भूमिकास्थान नगरपालिका कार्यालय परिसरदेखि घाटखोला सम्म विभिन्न प्रजातिका करिब ३ हजार बिरुवा रोपिएको छ । सामाजिक कार्यमा युवाहरुको लगाव बढाउन र नगरपालिकाको हरियाली सडक अभियानलाई टेवा पुर्याउन बिरुवा रोपेर युवा दिवस मनाइएको नगर स्तरिय युवा सञ्जालका संयाेजक टेकराज भुसालले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगर प्रमखु झविलाल थापाले वातावरणीय तथा पर्यावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण सँगै रोपिएका विरुवा संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभएको छ।
नगर परिसरमा गुल्मर जातको फुलको बिरुवा रोपेर नगरप्रमुख थापाले वृक्षारोपणको उद्घाटन गर्नुभएको हो।
नगर उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत जग्दीशचन्द्र नेपाली, वडा नम्बर ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ सहित जनप्रतिनिधि, कर्मचारी र करिब १०० जना युवा स्वयंसेवकको उपस्थितिमा वृक्षारोपण गरिएको युवा सञ्जालले जनाएको छ ।


oplus_0


oplus_0


oplus_0


oplus_0


oplus_0


oplus_0


oplus_0