सैनामैनामा बाल दिवस लक्षित कार्यक्रम हुँदै

बुटवल । रुपन्देहीको सैनामैनामा भदौ २९ गते बाल दिवस विशेष कार्यक्रम एंव बाल गायन तथा नृत्य प्रतियोगिता हुने भएको छ । बालबालिका लाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको आयोजक SB PRODUCTION जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारले बेजोड प्रतुति दिनेछन्। कार्यक्रममा राष्ट्रिय कलाकार एवं गायक विशाल रायमाझी , मोडेल एवं डान्सर संजु घर्ती मगर को प्रतुति रहने जनाइएको छ ।

” बाल बालिका को कलाकारिता र कला सँस्कृतिको संरक्षण हाम्रो अभियान “” भन्ने उदेश्यले बाल दिवस को अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

SB PRODUCTION का अध्यक्ष सुमित भट्टराईका अनुसार यो कार्यक्रम अरु कार्यक्रम भन्दा फरक रहनुका साथै कार्यक्रममा भाग लिने इच्छुक प्रतियोगी लाई नि:शुल्क प्रवेश गराइने छ । भट्टराई भन्छन् ” हामी अरुले जस्तो सबै माझ गएर भोट बिकाउने छैनौ, हामी बिद्यार्थी लाई उपलब्ध हुने कुरा लाई प्राथमिकता दिने छौ। ”

गायक, पत्रकार एवं समाजसेवी विजय सुनारको सञ्चालनमा हुने उक्त कार्यक्रम समाजिक अभियन्ता नवीन पौडेलको संयोजनमा हुने जनाइएको छ ।

कार्यक्रम सैनामैना नगरपालिका वडा नं ८ स्थित सचिन्तन हल मा बिहान १० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा सम्पुर्णमा निमन्त्रणा समेत गरिएको आयोजक SB PRODUCTION जनाएको छ । SB PRODUCTION स्थापना कालदेखि नै विभिन्न पर्वको अवसर पारेर रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

रुपन्देहीको बुटवल देखि पश्चिम भागमा अवस्थित सैनामैनामा हरेक कार्यक्रमहरु निकै उत्कृष्टताका साथ सम्पन्न हुँदै आएको ईतिहास समेत रहि आएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार