“स्वार्थी बन्दुक”

-हर्क ब.लाओती(Papohang Laoti)

म सानो छदा,
खूब बोक्न मन लागेको थियो मलाई
यो स्वार्थी बन्दुक !
हुर्के,बढे आठ कक्षा सम्म के पढ्दै थिए,लाल सेनाहरुले बिद्यालय देखि नै बन्दुक बोक्ने इच्छा पूरा गरिदियो।

खुब पड्काए……
बन्दुक बाट निस्केका तातो-तातो गोलिहरुले धेरै सामन्तीहरुको छाती तताए,आशा थियो समाजबाद र साम्यबादको,

यो स्वार्थी बन्दुक बोकेर……..
धेरै परेड पनि खेलियो घाँसे मैदानबाट बुङ्बुङ्ती खरानी झै माटो उडे सरी!घर परिवार भन्दा पनि मलाई स्वार्थी बन्दुक खुब प्यारो लाग्थ्यो ।

यो स्वार्थी बन्दुकले
मलाई धेरै पटक छलकपट गर्यो , तब त मैले सामन्तिको छाती ठानेर गरीब किसानहरुको छाती तताए !

यही स्वार्थी बन्दुक देखाएर…..
धेरैलाई तर्साए,धनिकों त ठिकै हो हुदा हुदा गरीबको पनि लूटन पुगे हो! आज मलाई यो स्वार्थी बन्दुकले छापामार बनाएरको छ ।

यो स्वार्थी बन्दुकले गर्दा…
आज मलाई बारम्बार शत्र हजारको ट्याग भिर्याएको छ,मानौ कि मेरो हिस्सामा पनि केहि संख्या परेको छ ।

यो बन्दुक बोकेर..
धेरै नै थाकियो, बन्दुक पनि खिया लाग्दै गयो!
नाल बाट गोलिको बद्ला धुँवा मात्र जान थाले ,लाग्यो बन्दुक बिग्रिएछ।

हो! यहि बन्दुक बिग्रिएपछि..
खसीको टाउको देखाएर मन लाग्यो मलाई,हो मैले मासु पसल खोले

कोही-कोहीले त
कुकुरको मासु भनेर थाहा पाए
तर मैले बिग्रिएको स्वार्थी बन्दुक देखाएर
मासु प्रति खबरदारी गर्दै बार-बार तर्साए !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार