
टेकराज भुसाल,
बुटवल। आउँदै गरेको हरितालिका तीज-२०८१ को अवसरमा बुटवलमा तीज मिलन तथा दर खाने कार्यक्रम गरिएको छ। अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले आइतबार बुटवल-१३ बेलवासमा साे कार्यक्रम गरेको हो।
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग) गाविसमा स्थाइ ठेगाना भई हाल विभिन्न शिलशिलामा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा बसाेबास गर्नेहरु र ढाकावाङ्ग गाविसमा माइत, मावल , ससुराली हुनेहरु बीच सामुहिक रुपमा दर खाएर ढाकावाङ्गकै झल्काे मेटिने गरि मादल लगायतका बाध्यबाधनहरुकाे प्रयाेग गरि माैलिक तीज गीतमा नाचगान गरिएकाे थियो।
उपस्थित महिलाहरु मध्ये सबैभन्दा जेष्ठ महिला थानेश्वरी खनालले माैलिक तीजको गीत गाएर कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियो।


oplus_0
समाजका अध्यक्ष कृष्णप्रसाद खनालले यस्ता कार्यक्रमले मौलिक र साँस्कृतिक सद्भाव कायम राख्ने, तीज मिलन कार्यक्रमले गाउँघरमा जस्तै दिदिबहिनी र चेलीबेटीहरुलाई शहरमा पुनर्मिलन गराएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्नेगरि र विभिन्न रचनात्मक एवं मौलिक संस्कृतिको जगेर्ना गर्नेमा थप जोड दिने बताउनुभयो।
कार्यक्रममा भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासे, धारापानी-रुपन्देही सम्पर्क मंचका महासचिव सन्ताेष बन्जाडे, असुरकाेट, खिल्जी, नुवाकाेट, ढिकुरा, धन्चाैर रुपन्देही सम्पर्क समाजका प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो।
२०० बढि सहभागी रहेको कार्यक्रममा गाउघरकाे झल्काे मेटिने गरि माैलिक तीज गीत गाएर नाचिएकाे थियो।समाजले विगतका समयमा पनि माैलिकता झल्किने गरि तिहारमा देउसीभैलाे संचालन गरेको, आगलागी पीडित, मृगौला पीडित लगायतलाई आर्थिक सहयोग गर्दै आएको विभिन्न समयमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा यी कार्यक्रम सँगै थप रचनात्मक कार्यक्रमहरु गर्दै जाने समेत संयाेजक शान्ता खनालले बताउनुभएको छ।


oplus_0


oplus_0


oplus_0