कोरोनाको महामारी र मजदुर वर्ग

शंकरप्रसाद पोख्रेल
कोरोना महामारी विदेश स्थित नेपालीहरु र सरकारको उदासीनता विस्वब्यापी रूपमा देखिएको कोरोना भाइरसको प्रकोपका कारण सबैभन्दा बढी मारमा परेको बर्ग भनेको मजदुर बर्ग हो,कोरोना महामारी पछि संसार भरिका उधोग ,धन्दा लगभग बन्द अवस्थामा नै छन ,होटेल रेस्टुरेन्ट पनि बन्द नै छन।यसरी त्यस स्थानमा कार्य गर्ने मजदुरहरु बेरोजगार बनेकाछन,बेरोजगार बन्ने सुचिमा नेपाली मजदुरहरु पनि छन दैनिक १५००देखी २००० युवाहरु बिदेश जानेगरेको तथ्यांकहरु आउनेगरेको थियो। बिदेश स्थित युबाहरुकै कारणले हाम्रो देशको अर्थतन्त्र रेमिटान्स भरमा नै चल्ने गर्थेयो,कोरोना महामारीका कारण नेपालमा रेमिटान्स भित्रन छोडेपछि नेपालको अर्थतन्त्र टाटा पल्टिने अवस्थामा पुगेको छ,हिजो मात्रै अर्थमन्त्री ज्युले राष्ट्रबैंकमा नगद नभएको जानकारी गराउनुभएको थियो।रेमिटान्स भित्रन छोडेपछि नेपालको अर्थतन्त्रमा परेको प्रतक्ष उदाहरण हो।बिदेशमा नेपाली युबाहरुलाइ सस्तो श्रम बेच्न बाध्य पार्ने नेपाली सासकहरु नै हुन,कथित मेनपावर मार्फत युवाहरुलाइ बिदेशमा मानव तस्कर रुपमा पठाइन्छ ,बिदेश गएपछि अनेक दु:ख कस्ट नेपाली युवाहरुले सहनुपर्छ मेनपावरले यहाँ बाट एउटा काम भनेर पठाउछ तर उहाँ जांदा काम अरुनै हुन्छ।जेनतेन काम गरेपनि भनेजती पैसा पाइदैन ,तातो घाममा जटिल काम गर्दा कयौं युबाहरुको ज्यान समेत जाने गरेको छ।दैनिक तीन देखि पांच वटा लास त्रिभुवन एअरपोर्ट आएका उदाहरण हामी सवैको सामु छ। नेपाली मजदुरहरु बिदेशमा अत्यन्तै असुरक्षित हुने गर्छन विशेष गरेर मलेसियामा अत्यन्तै ज्यान माला कसरी जोगाउने भन्ने चिन्ता हुन्छ।तर त्यहाँ स्थित राजदुतावास हरुको नेपाली कामदारहरुको सुरक्षामा कुनै कदम उठाएको देखिदैन।सरकारले आफ्ना देशका नागरिक कांकस्तो अवस्थामा छ्न भनेर बुझ्न त खोज्दननै हामी अलपत्र परेयौं उद्दार गर्नुपर्यो भनेर आफ्ना नागरिकले गुहार माग्दा समेत सरकार सुन्दैन ,बिदेशमा विभिन्न संघ संस्थाहरु जस्तै अन्तर्राष्ट्रिय नेपाली एकाता समाज आदिले केही संगठित अलपत्र युवाहरुको उद्दार गर्नेगरेतापनी असंगठित धेरैको उद्दार हुदैन ,अहिलेको महामारीको समयमा त झन बिदेश स्थित नेपाली कामदारहरुले अत्यन्तै दु:ख पाएकाछन ,कयौं साथीहरूको फोन समेत आउनेगरेको छ हामी यसरी यहाँ अलपत्र परेयुं भनेर ,कतिपय खाना न पाएर मोरेको समाचार हरु आइरहेकाछन भने कतिपयले पीडा सहन नसकेर आत्महत्या समेत गर्नेगरेकाछन।नेपाली कामदार हरुको यस्तो भयावह अवस्था बिदेशमा कोरोना महामारीमा मात्र न भएर सामन्य अवस्थामा समेत दु:ख पाउनेगरेकाछन।अहिलेको महामारीमा बिदेश विशेष गरेर ईन्डिया, साउदी,कतार,मलेसिया ,वहराइन,ओमन,कुवेत दुबै बाट काम गर्न जानुभएको दाजुभाइ तथा दिदिबहिनी हरु स्वदेशमा फर्किरहनुभएको छ।कोरोनापछी अहिले दु:ख पाएर फर्किएका दाजुभाइहरुलाइ नेपाल सरकारले नेपालमै रोजगारको ब्यबस्थापन गरे त्यो नेपालकोलागी अवसर सावित हुनेछ।नेपालको संबिधानमा समाजवाद उन्मुख भनेर लेखेता पनि अहिलेसम्म सरकारले त्यस्तो कुनै कार्यक्रम ल्याउन सकेको छैन त्यो केबल सब्दमा मात्र सिमित छ।कृषि क्षेत्रमा नेपाल आत्मनिर्भरताको कुरा सरकारले गरिरहेको छ तर गाउँ गाउमा खेतीयोग्य जमिन खेतबारी बांझै पल्टिएकाछन , बिदेस बाट स्वदेश फर्किएको युबा जसक्तिलाइ सरकारले कृषि क्षेत्रमा रोजगारि सृजना गर्नुपर्छ तबमात्र देश एकातिर कृषि क्षेत्रमा आत्मनिर्भर उन्मुख हुनेछ। भने अर्कोतिर हाम्रो युवाजसक्तीहरुलाइ नेपालमै रोजगारिको सृजना हुनेछ ,त्यसको लागि सरकारले क्रान्तिकारी भुमिसुधार लागू गर्नुपर्ने आवश्यक छ,भुमिहिन किसान हरुलाइ ,हदभन्दा बढी जमिन हुनेहरुको जमिन खोसेर सरकारले नै जमिन नहुनेहरुलाइ बांडिदिनुपर्छ। ।आधुनिक कृषि उत्पादन जोड दिएर किसानहरूले उत्पादन गरेको सवै किसिमका खाध्य पदार्थ सरकारलेनै उचित मुल्यमा खरिद गरिदिनुपर्छ। त्यसो गर्दा भारत बाट आउने तरकारी बन्द हुनेछ, अनि देशको अर्थतन्त्रलाई समेत फाइदा पुग्नेछ,कृषिमा मात्र नभएर विभिन्न खाले सिपमुलक काममा युबाहरुलाइ ब्यबस्थापन गर्न सके एकातिर बिदेसमा युवाहरुको पलायनमा कमि आउनेछ भने अर्कोतिर देशमा काम गर्ने शक्तिको अभाव हुनेछैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार