सुर्यज्योति लाइफ इन्स्योरेन्सले गर्याे १३० जना एजेन्सीलाई सम्मान

टेकराज भुसाल,
बुटवल । सुर्यज्योति लाइफ इन्स्योरेन्स बिमा कम्पनीले आफ्ना १३० जना एजेन्सीलाई सम्मान गरेको छ।

बुधबार बुटवलमा आयोजित कार्यक्रममा कम्पनीले बुटवल चाैराह, मणिग्राम, मर्चवार र मुर्गीया शाखामा आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्य गर्न्ने १३० जना MDRT, Star AM, सिनियर AM, एजेन्सि म्यानेजर र अभिकर्तालाइ बिभिन्न बिधामा सम्मान गरेको हो।

उक्त कम्पनीका लुम्बिनी प्रदेश प्रमुख सुशील चापागाईंले उद्घाटन गर्नुभएको कार्यक्रममा TOT कमलप्रसाद घिमिरे,चिफ एजेन्सी म्यानेजर कल्पना सिवाकोटी लगायतले बाेल्दै नेपालमा ३५ प्रकारका घातक रोगको उपचार खर्च दिने नेपालमा एक मात्र इन्स्योरेन्स सुर्यज्योति रहेकोले ढुक्क भयर बिमा गर्न र गराउनमा जाेड दिनुपर्ने बताउदै उत्कृष्ट बिजेता टिम लाइ थप प्रगतिको कामना गर्नुभएको थियो।

२०० बढि एजेन्सीहरुकाे उपस्थिति रहेको कार्यक्रम लुम्बिनी रिजनका प्रमुख बिकास अधिकारी अध्यक्षता, परु भुसालको संचालन र मुर्गीया शाखा प्रमुख कृष्णप्रसाद खनालको स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार