क्वारेन्टिनबाटै फरार ब्यक्ति पक्राउ

  1. असार २ अर्घाखाँची ।  अर्घाखाँचीमा क्वारेन्टिनबाट फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ ढाकावाङका तीन स्थानमा रहेका क्वारेन्टिनबाट फरार भएका ३५ जनालाई सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गत जेठ २२ गते पिसीआर परीक्षणका लागि पठाएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनिहरु  एकाएक क्वारेन्टिबाट भागेका थिए ।

भारतबाट आएका उनीहरु बिगत २५ दिनदेखि क्वरेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार