उत्तर बेलवासकाे आयोजनामा शुभकामना आदानप्रदान

बुटवल । वडादशैको पहिलो दिन घटस्थापनाको अवसर पारेर आउदै गरेका चाडपर्वहरु शुभदिपावली, छठ, नेपाल संवतको अवसरमा “उत्तर बेलवास टोलबिकास संस्था” बुटवल-१३, बेलवासको आयोजनामा टोलवासीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका सल्लाहकार संयाेजक तथा कार्यक्रमका प्रमुख अतिथि पूर्णबहादुर कार्की, मिलीजुली आमा समुहका अध्यक्ष जुना खनाल, टोल संस्थाका वरिष्ठ सल्लाहकार केशवती पौडेल, शिवलाल उपाध्याय, निवर्तमान अध्यक्ष नमकला वेलवासेले शुभकमना मन्तब्य राख्दै टोल बिकास संस्थाको भावियोजना र टोल सुधारको योजना तथा आवश्यकता माथी प्रकाश पार्नुभएको थियो।

सोही अवसरमा काेषाध्यक्ष निर्मला श्रेष्ठले संस्थाको आय/ब्याय को हिसाब प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम टोल बिकास संस्थाका अध्यक्ष बिष्णा गौतम ज्ञवालीकाे अध्यक्षता, सचिव श्रीधर वेल्वासेकाे संचालनमा सम्पन्न भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार