श्यामलाल चुदाली
स्वच्छन्द हावा सुस्याइरहेको
डाँडामाथिको त्यो
पिपल बोटमा बसेर
कुहु कुहु गर्ने कोइलिले भनिरहेछ
बस्तिहरु खालि हुदै छन र म
एक्लो रोइरहेको छु ।
बिदेसिने युवाहरुको एक हुल
आगन वाट बाहिरिदै गर्दा
गहभरि आँसु भरेर
बृद्ध बा आमाको चरण पर्दा नै
गाँउ रितिदै थियो।
श्रीमानको बिदाइ संगै
सहरतिर श्रीमतिहरु पनि वाटो लागेपछि
गाँउ फेरि रित्तिन थाल्यो र
कोइलि संगै बा आमा पनि रुन थाले ।
धन भन्दा बिध्या ठुलो भनेर पढाउने गुरुहरु लाइ
डि भि र पि आर परेपछि
बिध्यालयहरु पनि रितिन थाले ।
बिध्यालयहरुमा दलहरुले दुर्गन्धित गर्दै जाँदा
बिध्यार्थिहरुले स्कुल सरे ।
काले र गोरे
सहरतिर माइकल भएपछि
पुतलि र फुलमायाहरु
लेडि लभ र साकिरा बनेपछि
गाँउको सुन्दरता र सवलता
फेरि रितिदै गयो ।
खोकमाथि चढेर
काले र माले गोरुको पुच्छर निमोठ्दै
रोपार्नीहरुसँग लाप्पा खेल्ने खेतलाहरुको
जापान जर्मनमा भिसा लागेपछि
गैरिखेतका गराहरु बाझिदै गए।
बारिका पाटाहरुमा
दुबोका झांगहरु पलाउन थाले ।
र गाँउको भकारि रित्तिदै गयो ।
सबैको मनमा खेलिरहेछ
यो गाँउ न सुख दिन्छ ? न सुबिधा दिन्छ ?
न रोजगारि दिन्छ ? न सिक्षा दिन्छ ?
अघिल्लो बर्ष,
तल्लाघरे दाजुको छोरा र
भुन्टुरि साइलिको छोरि
बिरामि परेर मरेपछि,
गाँउ सराप्दै सराप्दै
उनिहरु पनि बसाइ सरे ।
प्रदेस बाट फर्किएकाहरु
तराइमा घर जोडेपछि
गाँउको आटो ढिडोलाइ सराप्दै
सहर पसे ।
अचेल
पाखा पखेरामा गुनगुनाउने
धँसारेहरु भेटिदैनन ।
खर्कहरुमा गाइहरु देखिदैनन ।
मुरेलिको धुनमा हराउने
गोठालाहरु सुनिदैनन ।
जंगलमा रम्ने
गोठाला गोठाल्निको प्रेमिल कथा सकिएको छ ।
गाँउका घरहरु धमिराको आहारा बनेर ढलिरहेछन।
बृद्ध बा आमाका हाडहरु गलिरहेछन।
मिठा मिठा सपना बोकेर
सुख सयलको कल्पनामा पौडिदै गर्दा
अनिस्चित जिन्दगिको यात्रामा दौडिरहँदा
तिम्रा तिर्सनाहरु कहिले मेटिने हुन ?
हाम्रा गन्तव्यहरु कहिले भेटिनेहुन ?
थाहा छैन ?
तर पनि
यो गाँउ यसरि नै रित्तिरहेछ।