दलित ले सुखि र समृद्धि मुलुक कहिले पाउने ? 

बिष्णु मिजार
समाजमा रहेका विभिन्न सामाजिक समस्या मध्ये काे एक जटिल समस्याको रुपमा जरा गाडेर बसेकाे समस्या भनेको नै जातिय विभेद हो ।
समृद्ध मुलुकको खाका तयार गरेर देश विकासमा अगाडि बढेको मुलुकमा जब सम्म जातियता काे कुरा उठाएर विभेद गरिन्छ तबसम्म सुखि र समृद्ध मुलुकको त कल्पना पनि गर्न सकिदैन ।जातीय छुवाछूत तथा विभेद मुक्त देश घोषणा गरेको नेपाल सरकारले यसलाई व्यवहारमा उतार्न कहिले सम्म पर्खन पर्ने हो ?

नेपालमा दलित समुदायको बसाेबास शहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा धेरै रहेको छ।यश समुदायका मानिस हरु विभिन्न क्षेत्रमा पछाडि परेका र पारिएका छन्। समाजमा यश समुदाय लाई हेर्ने नजर नि छुट्टै रहेको छ। यश समुदाय लाई अझै पनि माथिल्लो जात ले विभेद गर्ने गरेको छ। अझ भनम नेपाली ग्रामीण समुदायमा दलित दलित विच काे विभेद ले पनि जराे गाडेर बसेकाे अवस्था छ।यश समुदायको विच विभेद हुनु नै अरु समुदायले यश समुदायलाई झन पछाडि पार्ने र विभेद गर्ने प्रमुख कारण बनेको छ।
पानी त छाेएर खान नदिने माथिल्लो जात ले झन उसकै चेलिबेटी लाई विवाह गर्ने कुरालाई सहजै मान्न कसरी सक्छ ?
त्यही भएर हाेला अन्तरजातीय विवाह ले दलित युवाहरूको हत्या हुन पुगेको ।अन्तरजातीय विवाह काे बारेमा वहस चलिरहदा एउटा प्रश्न उब्जिएको छ दलित दलित विच विवाह हुदा नस्वार्न ( नमान्ने ) हाम्रो दलित समुदाय किन माथिल्लो जात का सङग विवाह हुदा चाहिँ सहजै स्वकार्छ (मान्छ )? हाम्रो समुदाय त्यस्तो समुदाय हो कि एउटा दलित काे छाेरा वा छाेरि (कामी) ले अर्को दलित छाेरि वा छाेरा (दमाई ) काे विच विवाह भयो भने त्यही दलित परिवार मान्दैन तर त्यही छाेरा ले माथिल्लो जात काे छाेरि र त्यहि छाेरि माथिल्लो जात काे केटा सङ्ग विवाह गरे सजिलै स्वाकार्छ ( मान्छ ) किन त?अहिले अन्तर जातीय विवाह बारे वहस गरिरहदा अर्को जात सङ्ग विवाह गर्न पाउनु पर्छ भनिरहदा दलित समुदायले अाफ्नै समुदाय सङ्ग काे विवाह लाई पहिला मान्न तयार हुनुपर्दछ।
दलित ले दलितकै अर्को जात सग विवाह नस्वार्न ( नमान्ने ) हामी अनि माथिल्लो जातले चाहिँ कसरी मान्ने ? हामी दलित दलित विच नै विभेद गरिरहेका छाै अनि कसरी भन्ने हामीलाई ठुला जातले विभेद गरे हामीलाई न्याय चाहियो भनेर? तसर्थ दलित समुदाय एक भएर अाफ्नाे हक अधिकार का लागि लड्ने वा अगाडि बढ्ने हो भने अरु समुदाय ले विभेद गर्ने कुरा नै अाउदैन।
त्यसैले निम्न कार्य हरु हुन सके दलित ले सधै विभेद मा परेर बाच्न पर्ने अवस्था अाउने छैन ।
समाज ,समुदाय अनि देश बाट नै जातीय विभेद निर्मुल पार्ने हो भने पहिलो त दलित दलित विच विभेद अन्त्य हुनुपर्छ ।दलितको विषय , समस्या र अन्य कुरामा बाेल्न दलितहरू पछि हट्नु हुदैन ।अाफ्नाे लागि अाफै अावाज उठाउनु पर्छ ।
व्यक्तिगत स्वार्थ भन्दा पनि समुदायको हित का लागि सुर गरिएको विभिन्न कार्यक्रम तथा अभियान हरु लाई निरन्तर अगाडि लानुपर्छ। जसरि अहिले रुकुम घटना मा न्याय का लागि एक भएर अावाज उठिरहेको छ त्यसरि नै दलित का लागि नेपाल सरकारले निर्माण गरेको निति नियम र कानुन काे कार्न्वयन मा यसरी नै दवाव दिनु पर्दछ।दलितका हक हित र अधिकार दिलाउन लागि परेका अभियान्ता, विभिन्न सङ्घ सस्था सक्रिय रुपमा एक भएर प्रभावकारी रुपले काम गर्ने र सामाजिक समावेशिता कायम गरि ,सहकार्य सहयोग र सद्भाव वृद्धि का कार्यक्रम सन्चालन गर्नुपर्छ ।अनि मात्र समृद्ध मुलुक अनि सुखि नेपाली काे कल्पना गर्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार