# गजल#
झुप्रामा बाढि पहिरो मिलि एकजोर खस्यो।
लुटि सकेपछि सज्जनले बल्ल चोर पस्यो।
पीडा नभएर होला भन्छन् देख्नेले उनमा,
अामाको भित्राभित्रै रोएर अाज स्वर बस्यो।
यो साल कस्लाई लग्छ कालले परिवारमा,
एउटा छोरो गरिबी भुमरिले पोहोर धस्यो।
ठुला छोप्ने दुनिया भरि कहाँ बन्छ र कानुन,
हजार लाख जोगाउदा उ एक मोर फस्यो।
गोरु जस्तै जोत्तिने लाई केथा हुन्छ जुवाको,
अन्यायको बन्धन सैलामा कति दोर कस्यो।
मुकुन्द राज रोका