श्याम चुदाली
यो,
देसका मान्छे भ्रष्ट हुन कि
फाइल भ्रष्ट हो ??
त्यो फाइल, छ भन्छन
तर
कुन्निकता राखेको छ पनि भन्छन ।
राख्नेले भन्छ,
दराजमा थन्काएको हु
खुबै सुरक्षित पारेर
कसैले नभेट्ने गरि
खोल्नै नसक्ने गरि
खोइ कता गएछ अचेल
हजुर आफै खोज्नुस ।
सबैका आ-आफ्ना फाइल भएपछि
समयको माग संगै
सायद, धमिरोले खायो कि ?
बाढिले बगायो कि
आधिले उडायो कि
आगोले जलायो कि
भनि नसक्नु छ ।
देस बनाउने आँधि आउदा
नया क्रान्तिको आगो बल्दा
मानव अधिकारको वकालत हुदा
अख्तियारले धावा बोल्दा
संसदिय समितिले छानबिन गर्दा
कतै त्यो फाइल
तारे होटलको कोठाहरुमा
हराएको हुन सक्छ ।
पार्टि कार्यालयहरुमा
खरानि हुन सक्छ ।
सहकारिको अफिसहरुमा
रुमल्लिएको हुन सक्छ ।
हाकिम साहेवको कुर्सिमुनि
दविएको हुनसक्छ ।
रेष्टुरा र लजहरुमा
ह्विस्किको चियर्स संगै
बराबरिको सम्झौतामा टुङ्गिन सक्छ ।
टि भि को पर्दामा
एक दिन
एक जना बोलिरहेथ्यो
फाइलहरु खोलिदै छ ।
मार्क्सबादिहरुको आह्वान छ
जनता जाग्दै छन ।
सुसान आउदै छ ।
अर्को आन्दोनको भिडमा
कोहि भनिरहेथ्यो,
प्रजातन्त्रवादिहरुको आह्वान छ
फाइलहरु एक एक
खोलिदै छ
न्याएको बिगुल वज्दै छ ।
तर त्यो फाइल
कसैले खोल्न सकेन
सायद मार्क्सवादको दर्सनमुनि हरायो होला ।
प्रजातन्तत्रको पुस्तकमुनि दबियो होला ।
नया क्रान्तिको रापले डाम्यो होला ।
बिस्तारै बिस्तारै
मक्किदै जाँदा
तानातानको खेलमा परेर
सायद फाइल च्यातियो कि ?
कसैले खोल्न नसक्ने त्यो
भ्रष्ट्राचारको फाइल ।