टेकराज भुसाल,
बुटवल। नेपाल बिद्यार्थी संघ (नेविसंघ) लुम्बिनी बौद्धविश्वविद्यालय सिटी क्याम्पस बुटवलको आयोजना भलिबल प्रतियोगिता हुनेभएको छ।
मंसिर २० गते बिहिवार सिटी क्याम्पस बुटवल-१२ नयाँगाउमा भलिबल प्रतियोगिता आयोजना गरिएको नेविसंघ सिटी क्याम्पसले जनाएको छ।
प्रतियोगितामा सिटी क्याम्पसमा अध्यनरत विद्यार्थीले मात्रै भाग लिन सक्ने छन्।
प्रतियोगिताको विजेताले नगद रु. ४ हजार, उपविजेताले २ हजारसँगै मेडल र प्रमाणपत्र पाउने छन्।
राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै खेलाडी पहिचान तथा कानुनका विद्यार्थीहरूकाे खेलकुद सम्बन्धि रुचिलाई विशेष मध्यनजर राख्दै प्रतियोगिता आयोजना गरिएको नेविसंघ रुपन्देही जिल्ला सदस्य सन्देश खनालले जानकारी दिएका छन्।