३३ ओै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा भूमिकास्थानकाे ढाकावाङ्गमा अन्तरक्रिया कार्यक्रम

अर्घाखाँची।  अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस मङ्सिर १८ गते ३ डिसेम्बर २०२४ तारिखका दिन विश्वभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइएकाे छ । नेपालमा पनि यो दिवसको अवसरमा दीप प्रज्वलन, प्रभातफेरी, अन्तरक्रिया लगायतका कार्यक्रम गरी मनाइएकाे छ।

साेहि अबसरमा भूमिकास्थान नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा  वार्ड नम्बर २ काे ढाकावाङ्गमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडाध्यक्ष बुद्धिबहादुर थापाले उद्घाटन गर्नुभएको कार्यक्रममा कार्यपालिका सदस्य केशरा परियार, तिर्था बेल्वासे वडा सदस्य नारायण प्रसाद खनाल, मेघराज खनाल, दाेर्ण बेल्वासे, भूमिकास्थान नगरपालिका नगरस्तरिय युवा संजालका संयाेजक टेकराज भुसाल, वडा सचिव बादल कुशुहवा, प्राविधिक हुमाकान्त बन्जाडे लगायत करिब ५० जना अपांगता भएको व्यक्तिहरुकाे उपस्थिति रहेको थियो।
भूमिकास्थान नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका शान्ता भुसालको सहजीकरणमा सम्पन्न कार्यक्रममा शान्ता आचार्यले अपांगताकाे परिचय, अपांगता भएका व्यक्तिले पाउने सेवा सुविधा लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार