अर्घाखाँचीमा आज थप एक सय जनामा कोरोना संक्रमण

असार ३ अर्घाखाँची । अर्घाखाँची जिल्लामा आज एकै दिन एक सय जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यलय अर्घाखाँचीकी प्रमुख पुष्पा थापाले बताईन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५८ पुगेको छ ।

संक्रमण हुने मध्ये भुमेकास्थान नगरपालिका ५९ जना, पाणिनी गाउँपालिका ५ जना,छत्रदेव गाउँपालिका १० जना, सन्धिखर्क नगरपालिका २९ जना,मालारानी गाउँपालिका १८ जना,शितगंगा नगरपालिका ३२ जना,ठेगना नखुलेका ५ जना रहेका छन । जिल्लामा हाल सम्म जस मध्ये तिन जनाको मृत्यु भएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार