टेकराज भुसाल,
अर्घाखाँची। उत्पादित वस्तुको गुणस्तर र लेवलिङ्ग सम्बन्धि कार्यशाला गाेष्ठी भूमिकास्थान नगरपालिकामा सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकाे आयोजना १ दिने कार्यशाला गाेष्ठी सम्पन्न भएको हो।
“उद्धमशील संस्कृति, राष्ट्रको समृद्धि” भन्ने मुल नाराका साथ संचालन गरिएको १ दिने कार्यशाला गाेष्ठीकाे भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको थियो।
साे अवसरमा प्रमुख थापाले समाजमा भाैतिक विकास तीव्र गतिमा अघि बढेपनि, मानिस आफ्नाे अन्तरआत्मादेखी हसिलाेखुसीलाे हुन नसक्ने हो भने भाैतिक विकासले मात्रै कुनै सार्थकता राख्न नसक्ने बताउनुभयो।
पालिकाले कृषि उत्पादन, पशुपालन र पर्यटनलाई प्रमुख आर्थिक आर्जनकाे लक्ष्यका रुपमा लिएको र उक्त लक्ष्यलाई पछ्याउदै अघि बढ्ने बताउदै वार्ड नम्बर १० काे सेङलेङ् पाथिभरा मन्दिरमा हाेम स्टे संचालनका लागि विभिन्न तालिमहरु सम्पन्न गरि हाेम स्टे संचालनमा अघि बढेको, अर्घाखाँची जिल्लाकाे सबैभन्दा उच्च टापु वार्ड नम्बर ९ काे मसिनाकाे लेख जानका निम्ति सिडि निर्माण, पाेखेडाडामा पार्क निर्माण र भुमे मन्दिरलाई धार्मिक पर्यटनका रुपमा अघि बढाइ आन्तरिक आयवृद्धि गर्ने गरि पालिका अघि बढेको नगरप्रमुख थापाले बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली, भूमिकास्थान ८ का वडाध्यक्ष राजकुमार थापा, सहकारी शाखा प्रमुख शंकर अधिकारी र पत्रकार नविन केसिले यी र यस्ता कार्यक्रमले नागरिकले प्रत्यक्ष रुपमा आफुले प्रयोग गर्ने सामाग्रीकाे गुणस्तर र लेवलिङ्गका बारेमा ज्ञान बढ्ने हुदा यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका जनताहरुलाई फाइदा हुने बताउनुभएको थियो।
कार्यक्रममा भूमिकास्थान २ का वडाध्यक्ष बुद्धिबहादुर थापा, भूमिकास्थान नगरपालिका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसाल, विभिन्न शाखाका प्रमुखहरु, भूमिकास्थान नगरपालिका नगरस्तरिय युवा संजालका संयाेजक टेकराज भुसाल लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा खाद्य प्रविधि गुण नियन्त्रण कार्यलयका खाद्य निरिक्षक सराेज खनाल र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख दुर्गा न्याैपानेले उत्पादित वस्तुको गुणस्तर र लेवलिङ्ग सम्बन्धि प्रशिक्षण दिनुभएको थियो।