स्वर्गीय बन्जाडेको तेहौ दिनको अवसरमा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न , एक लाख एकाउन्न हजारको अक्षयकोष स्थापना

असार ४ सुपादेउराली अनलाइन अर्घाखाँची । नेपालको बाम–लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा, शिक्षाप्रेमी, समाजसेवी विश्व मावि ढाकावांगका तत्कालिन प्रअ स्वर्गीय कुलानन्द बञ्जाडेकि श्रीमती तथा स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानकी संस्थापक एवं संरक्षक गुमादेवि बन्जाडेको दु:खद निधनको तेहौ दिनमा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समितिको आयोजनामा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चा प्रदेश ५ का अध्यक्ष बोम बहादुर खत्रीले स्वर्गीय गुमादेवि बन्जाडेले
निरंकुशता विरुद्धको संघर्ष र लोक बामआन्दोलनमा लागेका नेता कार्यकर्ताहरुको संरक्षणमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको असामयिक निधनबाट आफूहरुले भरोसायोग्य अभिभावक गुमाएको चर्चा गर्दै पार्टीलाई ठूलो क्षती पुगेको बताउनुभयाे ।

श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चाका पुर्ब केन्द्रीय सदस्य शेर बहादुर बिसी, सागर केसी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि बाबुराम खनाल, अखिल नेपाल ट्रेड युनियन (अन्टुक) का कार्यबाहक अध्यक्ष लाेकराज भुसाल, अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पाैडेल लगायतले स्वर्गीय गुमादेबि बन्जाडेकाे निधनले नेपालकाे कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगेकाे बताएका थिए।

श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झबिलाल थापा, जिल्ला अध्यक्ष थम्मन केसी, यमलाल पाेख्रेल, राष्ट्रिय परिषद सदस्य खड्क बहादुर थापा, जिल्ला सदस्य कविराम खनाल, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य कृष्ण खनाल, अखिल (छैठौं) का प्रतिनिधि टेकराज भुसाल, भुमिकास्थान नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष भाेजराज खनाल, २ नम्बर वडाका अध्यक्ष बुद्धि बहादुर थापा लगायतकाे उपस्थिति रहेकाे थियाे।

स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान द्वारा सञ्चालन गर्ने गरि कुलानन्द बञ्जाडे तथा गुमादेवि बञ्जाडे स्मृति छात्रवृत्ति अक्ष्यकाेष एक लाख एकाउन्न हजारकाे घरपरिवारबाट स्थापना गरिएको छ।

बन्जाडेकाे यहि जेठ २४ गते ७३ बर्षकाे उमेरमा आफ्नै निवासमा निधन भएकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार