राेजगार सेवा केन्द्रकाे कार्य सम्पादनमा लुम्बिनी प्रदेशमा अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका प्रथम

टेकराज भुसाल,
अर्घाखाँची। राेजगार सेवा केन्द्रकाे कार्य सम्पादनमा लुम्बिनी प्रदेशमा अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका प्रथम भएको छ।

श्रम, राेजगार तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री राेजगार कार्यक्रममा विगत ३ वर्षदेखिको लागत साझेदारी, कार्य सम्पादन र राेजगार सेवा केन्द्रबाट प्रवाह हुने सेवाहरुकाे प्रभावकारी रुपमा कार्य सम्पन्नकाे आधारमा मुल्यांकन गर्दा लुम्बिनी प्रदेशमा अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका प्रथम भएको हो।

बुटवलमा सम्पन्न भएको एक कार्यक्रममा श्रम, राेजगार तथा सामाजिक विकास मन्त्री शरत सिंह भण्डारी, मन्त्रालयका सचिव मुकुन्द प्रसाद निराैला र प्रधानमन्त्री राेजगार कार्यक्रम राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले भूमिकास्थान नगरपालिकालाई सम्मानपत्र र भूमिकास्थान नगरपालिकाका राेजगार संयाेजक पुष्कर मिश्रलाई कदर पत्रले सम्मान गरेकाे नगरप्रमुख झविलाल थापाले जानकारी दिनुभएको छ।

नगरप्रमुख थापाले ‘कर्मशिल जनशक्ति रोजगार’ कार्यक्रमबाट गत वर्ष १५७ जनालाई रोजगारी दिएकाे र यो वर्ष ६ सय भन्दा बढिलाई राेजगारी दिने दावी गर्नुभएको छ।

मकैकाे पोष्कर र थाकलबाट तयार भएका सामाग्रीलाई अन्तर्राष्ट्रिय बजारीकरणकाे काम अघि बढेको बताउदै नगरप्रमुख थापाले भाैतिक विकासलाई मात्रै विकास भएको भन्ने मानसिकतालाई परिवर्तन गर्नुपर्नेमा जाेड दिनुभएको छ।

 

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार