सैनामैनामा राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता हुदैं

बुटवल ।  रुपन्देहीको सैनामैनामा सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लवको आयोजनामा माघ २५ गते देखी फागुन ३ गते सम्म उक्त भलिबल प्रतियोगिता आयोजन गर्न लागिएको हो । प्रतियोगिता सैनामैना–६, कलौनी चोक लुम्बिनी रोड खेलमैदानमा सञ्चालन हुने छ ।

क्लवले भलिवल सञ्चालन गर्नका लागि नेपाल भलिबल संघमा मंसिर १० गते पत्रचार गरेको थियो उक्त प्रत्रका आधारमा माघ २५ गते दखि फागुन ३ गते सम्मका लागि संघले सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालनका लागि अनुमति दिएको छ । पत्रमा अन्तर्राष्ट्रिय भलिवल महासंघ (FIVB) र नेपाल भलिबल संघको नीती नियम भित्र रहि प्रतियोगिता सञ्चालन गर्न स्वीकृती प्रदान गरिएको छ ।

प्रतियोगितामा राष्ट्रिय स्तरका क्लवहरु टिप टप हेल्प नेपाल, गण्डकी भलिवल क्लव लगायतका चर्चित क्लवहरूलाई सहभागी गराउने दुधराक्ष युवा क्लवका अध्यक्ष किरण पोख्रेलले जानकारी गराउनुुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्रले सम्मान गरिने भएको हो । क्लबले पुरस्कार भने छिट्टै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने जानकारी दिएको छ ।

क्लवले गत वर्ष पनि खेलकुद क्षेत्रको विकास गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यले स्व. ढुण्डी थरुनी स्मृति कपअन्तर्गत जिल्लास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

यस वर्षको भलिबल प्रतियोगितालाई व्यवस्थित तरिकाले आयोजनाको लागि खेलप्रेमी, समाजसेवी एवं राजनीतिक व्यक्तित्वहरुसँग सल्लाह एवं सुझाव सहितको अन्तरक्रियात्मक कार्यक्रम गरिरहेको छ ।

रुपन्देही जिल्लाको सैनामैना ६ मा वि.स. २०६१ सालमा स्थापना भएको दधराक्ष युवा क्लव स्थापना काल देखिनै सामाजिक क्षेत्रमा सकृय क्लवको रुपमा स्थापित छ ।

यसअघि क्लबले कोभिड – १९ को बेलामा सैनामैना नगरपालिकालाई रु५०,००० आर्थिक सहयोग गरेको थियो । त्यस्तै दिन दु:खीहरुलाई सहयोगसँगै समाजिक कार्यमा अब्बल रहेको छ । हालै दुधराक्ष युवा क्लबद्वारा सैनामैनाको कलौनी चोकमा बुद्ध स्मारकको निर्माण पनि धमाधम गतिमा अघि बढिरहेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार