बुटवल । नमस्कार ग्रुप बुटवल-१३ बेलवासकाे आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
ग्रुपका वरिष्ठ सदस्य ज्ञानप्रसाद खनाल तथा रामप्रसाद खनाल, बिशाल खनाल, शुशिला खनाल (धिताल)का मातापिता स्वर्गीय गाेरी खनाल र स्वर्गीय तिलकराम खनालको पाँचौं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।
श्रद्धाञ्जली सभामा ग्रुपका सक्रिय सदस्य गाेविन्द खनाल र टेकराज भुसालले शोक मन्तव्य राख्दै स्वर्गीय खनाल दम्पतीकाे निधनले संस्थालाई अतुलनीय क्षति पुगेको बताउदै सबैकाे जाेडिलाई सँगै जिउने अवसर मिले पनि सँगै माेर्ने अवसर जाे कसैलाई नमिल्ने र खनाल दम्पतीलाई मात्रै यस्तो अवसर प्राप्त भएको बताउनुभयो।
कार्यक्रममा ग्रुपका सक्रिय सदस्य बाबु भुसाल, हिमाल खनाल, महेन्द्र भुसाल, पुस्पा भुसाल, राधा सुवेदी, प्रकृति गाैतम, प्रतिक गाैतम, रेनुका भण्डारी लगायत शुभ-चिन्तकहरुकाे उपस्थिति रहेको थियो।
स्वर्गीय खनाल दम्पतीकाे मंसिर २८ गते राति उपचारका लागि नयाँगाउदेखि बुटवल अस्पताल जाने क्रममा तिनाउ पुलमा गाडि दुर्घटना हुदा निधन भएको थियो।