कहिले बन्छ देस? (कविता)

श्याम चुदाली

युरोप र अमेरिका तिर
रेल लडाकु जहाज र क्षेप्यास्त्रहरुको
विकास भइसक्दा
हाम्रा पुर्खाहरु
डोको बोकेर नुन लिन
भारतिय सिमाना सम्म पुग्थे ।
अहिले उनिहरु
बुलेट ट्रेनहरु कुदाइरहेका छन
मंगल ग्रहमा पुग्ने तयारि गर्दै छन
हाम्रा गाँउहरुमा
बल्ल तल्ल मोटरवाटाहरु पुगेका छन
गन्तब्यमा पुग्दा मान्छे नचिनिने
धुलाम्य हिलाम्य र हरिविजोक छन ।
छिमेकि देस, चिन र भारत
दुनियाकै दोस्रो र चौथो शक्ति भइसके
केहि दसकमै
आफ्नो उचाइ कहा पुर्याइसके
हामिहरु आफ्नो शासन चलाउन
उनिहरुकै चाकडिमा व्यास्त छौ
उनिहरुले फालिदिएको कलो खाएर
आधारात सम्म भट्टिमा मस्त छौ ।
राणासासन समाप्त भयो.
देस बनेन
पंचहरुको सासन सकियो
देस बनेन
राजाहरुको बहिर्गमन भयो
देस बनेन
प्रजातन्त्र आयो
बहुदल र गणतन्त्र पनि आयो
तर देस बनेन ।
आन्दोलनका हरेक मोर्चाहरुमा
संघर्षका सबै क्षणहरुमा
रगत हामिले बगाएकै हौ
निरङ्कुस र तानासाहिहरु लाइ
डाँडा कटाएकै हौ
त्यस बखत
उनिहरु भन्थे देस बनाउछौ भनेर
खोसेको सम्पति बिकासमा खन्याउछौ भनेर
युवाहरु सबै बिदेस गइसके
जमिनहरु धेरै बाँझो भइसके
देसको मुहार कुरुप भइसक्यो
भनिदेउ न कसैले
अब कहिले बन्छ देस ?
प्रकृतिको धनि भन्छौ देस
स्रोत साधनले सम्पन्न भन्छौ देस
अझै जिवितै छन नालापानिमा
हाम्रा देसभक्तिका अबसेष
खोइ कसरि परिणाम आउन सक्छ
उपयोगिता सुन्य रहेपछि
शासकहरु गुमनाम भएपछि
नदिनालाहरुको सम्पत्ति
खोलैखोल बगिरहेको छ
बनजङ्गलहरुको सम्पत्ति
भित्रभित्रै सडिरहेको छ
खनिजका खानिहरु
जमिन भित्रै हराइरहेछन
तर
हामि सधै कङ्गाल मात्रै भयौ
भनिदेउ न कसैले
अब कहिले बन्छ देस ?
पाँच मिनेटको कामलाइ
पन्ध्र दिन लगाइदिने राष्ट्रसेवकहरु हो
सन्धि सम्झौताहरुमा देस बन्धक बनाउने
राष्ट्रबादिहरु हो
भ्रष्ट दलाल र अपराधिहरु लाइ संरक्षण गर्ने
नेतागणहरु हो
अब त धेरै ढिलो भइसक्यो
बनाउछौ भन्दा भन्दै
सताब्दि गइसक्यो
तिमि आफैले भनिदेउ
अब कहिले बन्छ देस ?
बिपना र सपनामा पनि
सबैलाइ लागिरहेको छ
अब कस्तो सासन आउनुपर्ने हो देस बन्न
कुन मान्छे आउनुपर्छ देस बन्न
देस बनाउदिन भनेर कस्ले भन्छ
तर
हाल सम्म नबनेको देस
अब कहिले बन्छ ??

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार