भूमिकास्थान र ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको संयुक्त श्रद्धाञ्जली सभा ढाकावाङ्गमा सम्पन्न

भूमिकास्थान अर्घाखाँची । भूमिकास्थान (अर्घाखाँची)-रुपन्देही सम्पर्क समाज र अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा ढाकावाङ्गमा सम्पन्न भएको छ।

भूमिकास्थान (अर्घाखाँची)-रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष तथा अर्घाखाँची ढाकावाङ्ग-रुपन्देही सम्पर्क  सल्लाहकार ढुण्डिराज खनाल, सामाजिक व्यक्तित्व जीवनारायण खनाल र गाेपाल खनालका आमा तथा ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका कार्यसमिति सदस्य रेस्मा खनालका सासुआमा स्वर्गीय छमकला खनालकाे सातौ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको भएको हो।

श्रद्धाञ्जली सभामा भूमिकास्थान (अर्घाखाँची)-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासे, ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद खनाल र भूमिकास्थान (अर्घाखाँची)-रुपन्देही सम्पर्क समाजका सल्लाहकार तथा ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका सहसचिव टेकराज भुसालले शाेक मन्त्वय राख्दै स्वर्गीय खनालको निधनले संस्थासँगै सिङ्गो समाजलाई नै अतुलनीय क्षति पुगेको बताउनुभएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका सहसचिव गाेविन्द खनाल, ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका सहकाेषाध्यक्ष शिवलाल खनाल, गुराँस हस्पिटल प्राली बुटवलका संचालक नारायण भुसाल, सामाजिक व्यक्तित्व किसान बन्जाडे लगायत शुभ-चिन्तकहरुकाे उपस्थिति रहेको थियो।

स्वर्गीय खनालको ९२ वर्षको उमेरमा पुस १४ गते  निधन भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार