जुठेको कथा

बिन बहादुर रेग्मी
त्यतिबेला गाऊमा ठूलो अनिकाल परेको थियो। मान्छेहरू बाच्नकै लागी वनमा कन्दमुल तरूल गिठा खोज्न जान्थे, शिकार खेल्न जान्थे।अनिकालको महामारी मा काऊलाको बोक्रा समेत बाँकी रहेनन।चिल्लेपाटा रोपाई निमेकमा गाको बेला अर्नि मा मिलेको पातला दुईटा रोटीमा पनि एऊटा रोटीको चपेटा पटुकीमा च्यापेर घर ल्याई छोराको मुखमा हाल्दिएको भरखर झै लाग्छ।त्यो रोटीको टुक्रा चपाए पछि बल्ल पानी छिरेको थियो घाटिबाट।त्यो अनिकालमा भोक धेरै लाग्ने, भोको पेटमा पानी पनि मिठो नहुने, रातभरि निद पनि नलाग्ने कटू अनुभवले आज पनि झस्काऊछ घरि घरि…..अनिकाल दुख पिडामा हुर्किएको विना बाऊको टुहुरो जुठेलाई मौजमस्ती सुखको अनुभूति सुदुर पुर्वको क्षितिजमा समेत अत्तोपत्तो थिएन। राणी बुढिआमाको पुलपुले मायामा जुठे हर्लक्कै बढेर हरिलन्ठू भैसक्यो।गाऊलेले कुरा काटन थाले पछि स्कूल जान थाल्यो।स्कूलमा किन जान्छन बुझ्न सकेन।पढन जानेन।क ख ग….मा मात्रा लगाऊनै जानेन। लारिवियो,घुच्ची ढुसमा मजा मान्थ्यो। एक दिन स्कूलको हाफछुट्टीमा भागेर ऊ जस्तै तिन चार जना केटा होमपाईपको भित्र बसेर तास खेलिरहेका थिए।सधै जसो पौडी खेल्ने माछागगटा मार्ने चरामार्ने मा मजा मान्थ्यो। दिन प्रतिदिन ऊसको स्वभावमा अस्वभाविक ढंगले बदलाव आईरहेको थियो। एक दिन किताबको झोलामा रक्सीको बोतल र देऊराली पाकेट चुरोट मास्टरले देखे पछि दिनभरी मुर्गा बनाएर तातोघाममा सजाय दिईएको थियो।मेरो छोरालाई किन मुर्गा बनाएको भनेर बुढिआमा मास्टर संग धुनधान झगडा गरेकि थिईन,तिनलाई के थाहा स्कूलमा ज्ञानगुनका कुरा सिक्न गईन्छ।ऊनको छोरालाई कसैले केही भन्न हुदैनथ्यो झगडा गर्न ऊत्रिहाल्थीन।गाऊमा ति बुढिलाई यो झगडालु बानीले कसैले मन पराऊदैनथे। छिमेकी ता दिनदिनैको कचकचले हैरान परेसान वाक्कैदिक्कै भईसकेका थिए।छोरो पनि ठूलो हुदै गयो, स्कूलमा झगडा लडाई नगरेको दिन हुदैनथ्यो। बर्षाको समय ऊनिहरू होमपाईपमा लुकेर मस्त तास खेल्दैथिए, एकाएक आकासमा कालोनिलो वादल मडारिएर ठूलो पानी पर्यो।पहिरो भेल ह्वात्तै होमपाईपमा घुसेर तिनीहरूलाई हुत्ताईदियो। किताव झोला बगाईदियो।बल्ल तल्ल ज्यान जोगाएर ओढारमा लुक्न गए।त्यही ओढारमा पलाएको बुद्धिले भागेर लाहुर जाने योजना बन्यो।बुढिआमाले लुकाएर राखेको पैसा चोरेर राती नै भाग्ने सल्लाह भयो।पातीहाल्ने डाडामा विहानै झिसमिसेमा चारैजना भेट हुने निधो भयो। पहिला पहिला लाहुर जादा बस स्टप तक जान दिनभरी पैदल हिडनुपर्थ्यो।
विहानै ऊठदा छोरो छैन ,लुकाएर राखेको पैसा पनि छैन,त्यसैपनि बुढिको कराऊने बानी छोरो हरायो पैसा पनि हरायो भन्दै देवी देऊदा भकल हान्दै चावलका अक्षता र कपासका बनौरा छित्राऊन थालिन।रून कराऊन थालिन। दिन बिते रात बिते हप्ता बिते महिना बर्ष बिते तर छोरो भेटिएन….। ऊता गाऊले छिमेकी खुशीले गदगद थिए। भन्न मिलिराको मात्र थिएन। स्कूल गाऊघर शान्त थियो।
घर देखि भागेर हिडेका जुठेहरू कहा जाने अत्तोपत्तो थिएन। बोर्डर काटे पछि भित्तामा लेखिएका नेपाली विज्ञापन देऊराली चुरोट देखिन छाडेको थियो। हिन्दीमा लेखिएका गुप्तरोग र डाक्टरका विज्ञापनले कता कता लाहुर पुगेको भान हुदैथियो।स्कूल गाऊघरमा जस्तो मनपरी गर्न मिलिकै थिएन मानौ गाऊका सिदासादा ठिटाहरू देखिन्थे,मुहारमा थोरै डर ,थोरै नयापन र थोरै सोझोपन झल्किन्थ्यो। त्यही मौकाको फाईदा ऊठाएर चोर लुटेराहरूले ऊनिहरू संग भाको सबै पैसा समान लगिसकेका थिए। ऊनिहरू भोकै थिए। रोईरहेका थिए। केराको बोक्रा खान्थे, जुठोपुरो चाटथे,कता जाने गन्तव्यको ठेगान थिएन। रेल आऊथ्यो जान्थ्यो तर तिनीहरूलाई लैजान्नथ्यो।
एकाएक तिनीहरू बाबुको नजरमा परे।दया देखाऊदै बाबुले घर लगे र पेटभरि खाना खुवाए। काममा लगाईदिए।को कता काम गर्छन थाहै थिएन।जुठे जुन बाबुको घरमा काम गर्थ्यो।सुरू सुरूमा घर सम्झेर धुरूधुरू रुन्थ्यो।बुढिआमालाई सम्झिन्थ्यो।विस्तारै विस्तारै त्यहाको रमझम झिलिमिली ऊज्यालो टिलिभिजन सिरियल फिल्म गितले त्यतै भुल्दै गयो।नेपाली बिर्सेर हिन्दी बोल्नेभयो। केवल खान लाऊन मात्र मिल्थ्यो। घरको सबै काम गर्नुपर्थ्यो। सन्डेको दिन घुुम्न फिलिम हेर्न जान पाऊथ्यो।एकदिन गार्डेनमा घुम्न गकोरहेछ।चौरमा गोल घेरा लगाएर मिटिंग गरिरहेका नेपाली जस्ताको एऊटा समुह टाढैबाट देखेछ।यतिका बर्ष पछि नेपाल र नेपाली भाषा आमा बिर्सिसकेको जुठेलाई एकाएक चासो लागेछ र नजिक पुगेछ।त्यसरि नजिकबाट धेरै बेर देखि झाकेर हेरेको देखेर एकजनाले सोधेछन- तपाईको घर कहाँ हो र?आऊनुस बस्नुस।यो त नेपाली एकता समाजको मिटिंग भेला हो भनेर सम्झाएछन।जुठेलाई के खोज्छस कानी- आखो भएछ।सबै बेलीविस्तार सुनाएछ। एकता समाजले यो प्रवासी नेपालीको आम समस्या हो।तपाई हामी संग एकतावद्ध संगठित हुनुस भन्दै विधान दिएछन। जुठेले मलाई पढन लेखन आऊदैन भनेछ। त्यसरि दिनदिनैको हेलमेल छलफल र पढाईले जुठे एक संगठनकर्ता बनेछ।कसैले सोचेकाथिएनन मुर्ख जुठे जुठालाल बन्नुहुनेछ।समाजसेवा देशभक्तिले ओतप्रोत लौह अनुशाषित जुठालालले पहिलो चोटी आमालाई “म एकता समाजमा लागेको र दशैमा आऊने…” चिठि लेख्नु भएछ। त्यतिबेला मोबाईल थिएन। गाऊमा चिठि पुगेको खबरले बुढिआमाको जिऊमा जिऊने ऊर्जा पलाएछ। चिठी पढिदिनेलाई एक बोतल दिएर पढन लगाको ता चिठि ऊल्टो पढिदिएछ। म एकता समाजमा लागे भनेको ता जुठेलाई एकता समाज लागेछ भन्दिएछ। आमा रिसले मर्मुरिदै एकता समाजलाई गाली गर्न थालिछन। ऊनलाई लागेछ एकता समाज कुनै आत्मा भुत प्रेत होला , एकता समाजले चत्रक्कै छोडुस भनेर काच्रेखोला देवतालाई भाले मन्साईछिन र छोरो आऊने दशै पर्खिन थालिछिन…..
आफ्नो नोकरी काम धन्दाबाट समय निकालेर प्रवासी जमिनमा सामाजिक गतिविधीमा क्रियाशिल हुनु,नेपाली एकताको महान अभियानमा खटनु चानचुने कुरो हुदै होईन।सम्पुर्ण दुखी गरिबको हितमा सर्वहारावर्गको लागि नयाँ राजनैतिक परिवर्तनको क्रान्तिकारी सोच बोकेर जब जुठेलाल गाऊ पुगे। आमाको दर्शन ढोग गरे।आमालाई खुशीको सिमा रहेन। कठै! मेरो छोरोलाई एकता समाजले झण्डै….भाले उठाएर देवी देऊताले रक्षा गरे।दुब्लाएर लख्रक्कै भारैछ मेरो बाबु…..यस्तै गुनगुनाऊदै माया साटासाट हुदैथियो। द्वन्दात्मक भौतिकवादी सोच मा परिपक्क छोरो आमाको कुरा सुनेर मुसुमुसु हासि मात्रै रहे……
धन्यवाद

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार