अर्घाखाँची । सन्धिखर्क -७ फुद्वाङ्ग स्थित साना किसान कृषि सहकारी संस्था लि. को ठगी कान्ड भित्रभित्रै मिलाउने प्रयास गरिएको छ । संस्थाका प्रवन्धक बिष्नु मरासिनिले सहकारिका शेयर सदस्यहरुको बिमा गरेबापतको बोनस रकम सहकारिको खातामा आउनुपर्नेमा आफ्नो ब्यक्तिगत खाता आउने गराएको आरोप लागेपछी सहकारिको संचालक समितीको बैठकले मरासिनिलाइ ५ ग्रेड घटुवा गर्दै बिगो रकम फिर्ता सहितको कारवाही गरेर मुक्ती दिने निर्णय गरेको बताइएको छ ।
साधारण शेयर सदस्यहरुको रकम कुम्ल्याउने नियतमा बसेका प्रवन्धकलाइ जेल जानबाट जोगाउन सन्धिखर्क -७ का वार्ड अध्यक्ष चुरा केसि सहितको रोहबरमा संचालक समितिले यस्तो निर्णय गरेको हो ।
के गरे मरासिनिले ?
सानाकिसान कृषी सहकारी संस्था खाचिकोट र सिटिजन लाइफ इन्स्योरेन्स बिच भएको सहमतिअनुरुप शेयर सदयहरुको सुलभ बिमा गराइएको थियो , उक्त बिमा रकम बापत आउने बोनस केही बर्ष संस्थाको खातामा आएको तर बिगतका बर्षदेखी प्रवन्धक मरासिनिले उक्त बोनस रकम आफ्नो ब्यक्तिगत खातामा आउने गराइ सहकारी ठगेको पाइएको छ ।
कहाँ कहाँ पर्यो उजुरी ?
शेयर सदस्यहरुले इन्स्योरेन्सको स्टेटमेन्ट सहित सन्धिखर्क -७ को वार्ड कार्यालयमा उजुरि गर्न पुगे ,त्यस पछि सन्धिखर्क नगरपालिकाको सहकारी बिभागमा पुगे ती दुवै स्थान बाट प्रहरीको जाने सुझाव अनुरुप जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी लिएर पुगे ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा गत पुस १९ गते शुक्रबार भएको द्विपक्षीय छ्लफल पछि हामी आफै मिलाउछौ भनेर फर्किएको उजुरिकर्ताका सदस्यले बताए । र आज पुस २१ गते सानाकिसान खाचिकोटको कार्यालयमा भएको संचालक बैठकले आरोपित प्रवन्धक मरानिनिलाइ चोख्याउने प्रयास गरेको छ ।
के भन्छन उजुरिकर्ता , आम शेयर सदस्य ?
सहकारी ठग्ने नियतका साथ गरिएको यस्तो काॠ लाई कानुनी बाटोमा जान नदीइ कासैलाइ कानुनी कारवाहिबाट जोगाउन गरिएको यस्तो कार्य आपत्तिजनक भएको शेयर सदस्य बाबू खड्काले बताए । बर्तमान संचालक समिती अध्यक्ष चन्द्रावती पोख्रेल अक्षम सावित भएको र यस्तो कार्यमा वार्ड अध्यक्ष अग्रसर भएर रोहबर बस्नु घोर निन्दनिय भएको उनको भनाइ छ ।
उजुरिकर्ता शेयर सदस्यहरुले ठगी गर्ने प्रवन्धकलाइ बर्खास्त गर्ने माग राखेका छन । उनिहरुले यदि सँचालक समितिले प्रवन्धकलाइ तत्काल बर्खास्त नगरे कानुनी बाटो अपनाउने चेताबनी पनि दिदै पत्र बुझाउने बताएका छन ।
#स्रोत:- वैखरी अनलाइन