बुटवलको सिटि क्याम्पसमा आगलागी

बुटवल ।   बुटवलको नयाँ गाउँस्थित सिटी क्याम्पस (लुम्बिनी बौद्ध विश्वविद्यालयमा )आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आगलागीबाट विश्वविद्यालयको कम्प्युटर ल्याब कोठामा क्षति भएको प्रहरी नायव निरीक्षक विजयराज पण्डितले जानकारी दिए । कलेज प्रशासनका अनुसार ३० थान कम्प्युटर रहेको बताइएको छ । उनले भने, ‘त्यस ल्याबमा सबै जलेको देखिएको छ ।’

आगलागीबाट अन्य कोठाहरूमा भने क्षति नभएको र अवस्था सामान्य रहेको उनले जनाए ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार