
अर्घाखाँची । अर्घाखाँची भूमिकास्थान- १ पैयापाटाका लाेके सार्कीलाई उपचार गर्न आर्थिक सहयोग जुटेको छ।
दक्षिण काेरियामा रहेकाहरुले पठाएको ४० हजार रुपैयाँ सहयोग साेमबार सार्कीलाई लुम्बिनी प्रदेश दक्षिण काेरिया सम्पर्क मंचका अध्यक्ष हिमाल खनाल, बालशिक्षा माविका पूर्व प्रअ हिमलाल खनाल, युवा सामाजिक व्यक्तित्व बाबुराम खनाल र भूमिकास्थान युवा संजालका संयाेजक टेकराज भुसालले हस्तान्तरण गरेका हुन।
घरको प्रमुख मान्छेलाई नै पक्षघातले च्यापेपछि घरमा आर्थिक अवस्था कमजोर भएका सार्कीको उपचारमा आर्थिक समस्या उत्पन्न भएको छ।
त्यस्तै सम्पर्क मंचले केहि दिनअघि बाेनम्याराे राेगबाट पीडित ६ वर्षीय बालिका माहिरा विश्वकर्मालाई १ लाख रुपैयाँ, बालशिक्षा मावि भूमिकास्थान १ साम्नेगाउँका विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरेको लुम्बिनी प्रदेश दक्षिण काेरिया सम्पर्क मंचका अध्यक्ष हिमाल खनालले जानकारी दिएका छन्।