अक्सफोर्ड माध्यमिक विद्यालयमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

बुटवल ।  स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रको गौरवका लागि प्राण आहुति दिनुभएका वीर शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न अक्सफोर्ड माध्यमिक विद्यालयमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको नेतृत्व इन्ट्र्याक्ट क्लब अफ अक्सफोर्डका विद्यार्थीहरूले गरेका थिए। विद्यालयका शिक्षक, विद्यार्थी तथा अन्य सहभागीहरूले दीप प्रज्वलन गर्दै शहीदहरूको बलिदानको सम्झना गरेका थिए।

सहभागीहरूले शहीदहरूले देखाएको त्याग र साहसबाट प्रेरणा लिनुपर्ने आवश्यकता रहेको बताएका थिए। कार्यक्रम साँझ ५:३० बजे विद्यालय प्राङ्गणमा सम्पन्न भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकालले जानकारी दिनुभयो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार