
टेकराज भुसाल
असार ६ सुपादेउराली अनलाइन अर्घाखाँची ।
मर्यादित श्रम र पर्यटनका लागि सहकारी भन्ने मुल नारालाई आत्मसात तथा सामाजिक सेवामा टेवा पुर्याउने र रुपन्देहीमा रगतको कमी हुन नदिने मूल उद्देश्यले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष गंगालाल सापकोटाले जानकारी दिनुभएको छ ।
९ औं रक्तदान कार्यक्रममा ५० जना र ९ औं रक्तदान कार्यक्रमसम्म ४५६ जनाले रक्तदान गरेको जानकारी दिँदै संयोजक यज्ञप्रसाद उपाध्यायले अगामी दिनमा पनि नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष गंगालाल सापकोटा, रक्त संचार केन्द्र, बुटवलका बरिस्ठ प्राविधिक राधा शर्मा र संयोजक यज्ञप्रसाद उपाध्यायको विशेष उपस्थितमा सम्पन्न भएको हो ।