
अर्घाखाँची। अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ कुमलडाडामा आगलागी भएको छ। आगलागीबाट एउटा गाेठ जलेर क्षति भएको छ।
आगलागीबाट स्थानीय सावित्रा भुसालकाे गाेठमा क्षति पुगेकाे ढाकावाङ्ग प्रहरी चाैकीले जनाएको छ।
मंगलबार बिहान भैसीलाई खुवाउने पानी तताएकाे आगाे गाेठमा ८ बजेकाे समयमा सल्किएकाे थियो। आगाे प्रहरी र स्थानीयको सक्रियतामा बिहान ११ बजे नियन्त्रणमा लिइएको थियो ।
भुसालको गाेठमा स्थानीय टाेपबहादुर बिकले भाेगचलन गर्दै आएका थिए।