नेपालको सन्दर्भमा श्रमिक महिला दिवस

लक्ष्मी बेलबासे

अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई नेपालमा नारी दिवस भनेर पनि मनाइने गरिन्छ । महिलाहरुको जागरुकता, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक हक, अधिकार सम्बन्धी दिवस हो । यो मार्च ८ का दिन विश्वभरी एकैसाथ मनाइन्छ । महिलाहरुको संघर्षको प्रतिकको रुपमा मनाइने यो दिवसले महिला मात्रै नभएर समग्र मानव जातिको अधिकार र हितको लागि त्याग र बलिदानको सम्झना र सम्मान गर्ने गरिन्छ ।

सन् १९०८ मा अमेरिकाको न्यूयोर्कमा करिब १५ हजार महिलाहरूले कामको उचित पारिश्रमिक, मतदान अधिकार, र कामको राम्रो अवस्था माग गर्दै प्रदर्शन गरेका थिए । सन् १९१० मा कोपेनहेगनमा आयोजित समाजवादी महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनकी समाजवादी नेता क्लारा जेट्किनले प्रत्येक वर्ष महिला दिवस मनाउन प्रस्ताव राखेकी थिइन् ।

सन् १९११ मा जर्मन, अमेरिका, स्वीजरल्याण्ड, डेनमार्कलगायत देशमा लाखौंलाख महिलाहरूले प्रदर्शन गरे । सन् १९१७ को समाजवादी क्रान्तिपछि सोभियत संघले ८ मार्चमा श्रमिक महिला दिवसको मान्यता दियो । त्यसपछि हरेक वर्ष समाजवादी विचार राख्ने महिला तथा संगठनहरूले श्रमिक महिला दिवस मनाउँदै आएका थिए । सन् १९७५ मा संयुक्त राष्ट्रसंघले औपचारिक रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरेको थियो ।

परिवार, समाज र राष्ट्रका बिभिन्न परिस्थिति र कालखण्डमा गरिएका वलिदानीपुर्ण संघर्षहरुको समेत सम्झनास्वरुप विश्वभर आजको दिनलाई भव्य रुपमा मनाइन्छ । महिला हक र अधिकारका अनेक नाराहरु गुन्ज्याउदै मनाइने यो दिवसमा लगाइने नारा र यो दिन महिलाहरुले पाउने सम्मान जत्तिकै हरेक दिन, हरेक घर, समाज र हरेक क्षेत्रमा पूर्णता पाएको छ त ? यो एउटा सोचनीय विषय बनेको छ ।

विश्वका धेरै मुलुकहरुमा जस्तै नेपालमा पनि महिला र पुरुषहरु बीच अझै पनि ठुलो विभेदको पर्खाल छ । यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक र प्रशासनिक लगायतका सबैजसो क्षेत्रमा महिलाहरुको पंहुच केही मात्रामा पुगेको भएता पनि त्यो पर्याप्त छैन । राज्य र समाजका हरेक क्षेत्रमा महिलाको समान सहभागिता अनिवार्य गरिनुपर्छ ।लक्ष्मी बेलबासे

अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई नेपालमा नारी दिवस भनेर पनि मनाइने गरिन्छ । महिलाहरुको जागरुकता, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक हक, अधिकार सम्बन्धी दिवस हो । यो मार्च ८ का दिन विश्वभरी एकैसाथ मनाइन्छ । महिलाहरुको संघर्षको प्रतिकको रुपमा मनाइने यो दिवसले महिला मात्रै नभएर समग्र मानव जातिको अधिकार र हितको लागि त्याग र बलिदानको सम्झना र सम्मान गर्ने गरिन्छ ।

सन् १९०८ मा अमेरिकाको न्यूयोर्कमा करिब १५ हजार महिलाहरूले कामको उचित पारिश्रमिक, मतदान अधिकार, र कामको राम्रो अवस्था माग गर्दै प्रदर्शन गरेका थिए । सन् १९१० मा कोपेनहेगनमा आयोजित समाजवादी महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनकी समाजवादी नेता क्लारा जेट्किनले प्रत्येक वर्ष महिला दिवस मनाउन प्रस्ताव राखेकी थिइन् ।

सन् १९११ मा जर्मन, अमेरिका, स्वीजरल्याण्ड, डेनमार्कलगायत देशमा लाखौंलाख महिलाहरूले प्रदर्शन गरे । सन् १९१७ को समाजवादी क्रान्तिपछि सोभियत संघले ८ मार्चमा श्रमिक महिला दिवसको मान्यता दियो । त्यसपछि हरेक वर्ष समाजवादी विचार राख्ने महिला तथा संगठनहरूले श्रमिक महिला दिवस मनाउँदै आएका थिए । सन् १९७५ मा संयुक्त राष्ट्रसंघले औपचारिक रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरेको थियो ।

परिवार, समाज र राष्ट्रका बिभिन्न परिस्थिति र कालखण्डमा गरिएका वलिदानीपुर्ण संघर्षहरुको समेत सम्झनास्वरुप विश्वभर आजको दिनलाई भव्य रुपमा मनाइन्छ । महिला हक र अधिकारका अनेक नाराहरु गुन्ज्याउदै मनाइने यो दिवसमा लगाइने नारा र यो दिन महिलाहरुले पाउने सम्मान जत्तिकै हरेक दिन, हरेक घर, समाज र हरेक क्षेत्रमा पूर्णता पाएको छ त ? यो एउटा सोचनीय विषय बनेको छ ।

विश्वका धेरै मुलुकहरुमा जस्तै नेपालमा पनि महिला र पुरुषहरु बीच अझै पनि ठुलो विभेदको पर्खाल छ । यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक र प्रशासनिक लगायतका सबैजसो क्षेत्रमा महिलाहरुको पंहुच केही मात्रामा पुगेको भएता पनि त्यो पर्याप्त छैन । राज्य र समाजका हरेक क्षेत्रमा महिलाको समान सहभागिता अनिवार्य गरिनुपर्छ ।

सामाजिक, राजनीतिक कामकारबाहीमा महिलाको उपस्थिति केवल सहभागी वा दर्शकको रूपमा गराउने गरिन्छ । सामान्य टोल र वडामा हुने कार्यक्रमसम्म पनि पुरुषमैत्री हुने गरेको प्रयाप्त मात्रामा देखिन्छ । कार्यक्रमको संयोजकत्वको जिम्मा झनै महिलाईरुलाई प्राय दिईदैन । यदि दिइहालियो भने तापनि खासै सहज र सफलतापुर्वक त्यो जिम्मेवारी वहन गर्ने वातावरण दिईंदैन । त्यस्तै राजनैतिक रुपमा पनि महिलाहरुलाई उपको जिम्मेवारी थमाइदिएर कर्तव्य पुरा गरेजस्तो मात्रै देखाइएको हुन्छ । मेरो व्यक्तिगत अनुभव पनि त्यस्तै छ कि म आफै कुनै समय राजनीति लगाय्तका कुनै संस्थागत जिम्मेवारीमा सक्रिय रहँदा पनि उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यको जिम्मेवारी सहजै प्रदान गरिने तर उक्त पदको सम्म पदिय जिम्मेवारी प्राय पुरुषहरुले निर्वाह गर्ने जस्ता कुराहरु निरन्तर भइ नै रहन्थे ।

आधुनिक परिवेशमा पनि देशको सक्रिय राजनीतिमा महिलाहरुको भुमिका न्युन छ । उच्च पदस्थ राजनितिज्ञ महिलाहरु भनौ या प्रतिष्ठित कम्पनीका प्रमुख भएका महिलाहरु, या त सम्मानित पद धारण गरेका सार्वजनिक सेवा प्रवाहमा पदीय अव्वलता हांसिल गरेका हरेक सफल महिलाहरु प्रतिको दृष्टिकोण सम्म पनि संकुचित रहेको देखिन्छ । हाम्रो समाज हरेक सफल महिलाहरुको पछाडिको संघर्षलाई सीधै पर धकेलेर अर्कैले दिएको अवसर जस्ता आक्षेप सम्म लगाउन पछि नपरेको कुरा नकार्न सकिंदैन ।

नेपाली समाज हिन्दू धर्म र आर्य संस्कृतिमा आधारित समाज हो । यो समाजमा परिवारको मुली धेरै जसो पुरुषहरु हुने गरेको देख्न सकिन्छ । हिन्दु धर्मको प्रमुख आधिकारिक ग्रन्थ वेदमा भने महिलाहरुलाई भेदभाव हुने किसिमको कुनै कुरा पनि उल्लेख गरिएको देखिंदैन । वैदिक कालमा महिलाहरुलाई पनि पुरुष सरह समान अवसर प्रदान गरिएको पाइन्छ । उतिवेलाको समयमा वेदविज्ञ महिलाहरुलाई ब्रह्मवादिनी भनिन्थ्यो । गाग्री, मैत्रेयी, अश्वपाला आदि वैदिक कालका प्रसिद्ध ब्रहम्हवादिनीहरु थिए । वेदमा उल्लेख गरिए अनुसार “यत्र नार्य सु- पुज्यन्ते, रमन्ते तत्र देवता”अर्थात जहाँ नारीहरुको पुजा हुन्छ त्यहाँ देवताहरु पनि रमाउँछन् भनेर शास्त्रहरुले पनि नारीको महिमा गाएका छन । (वैदिक शास्त्र बाट) तर मध्य युगमा सामन्ती प्रथाको उदय भएसँगै, छुवाछुत प्रथाको सुरुवात भयो त्यसै गरी नारी हरुप्रति पनि बिभेद थालियो । धर्मशास्त्रको गलत ब्याख्या गरी महिलाहरुप्रति गरिएको भेदभाव पनि यसै समयको उपज मानिन्छ ।

महिलाहरु शारीरिक शक्तिका दृष्टिले पनि पुरुषभन्दा कम्जोर भएको हुनाले होला घरधन्दा र चुलो चौकोमै सीमित राखेर बाहिरी कामको जिम्मेवारीमा कमै मात्रामा जिम्मेवारी गराइएको देखिन्छ । समाजमा हुने हरेक कृयाकलापमा पछाडि त छँदै छ अझै त्यति मात्रै होइन, तराईका क्षेत्रहरुमा दाईजो प्रथा, पश्चिमी क्षेत्रमा छाउपडी प्रथा, देउकी प्रथा, पश्चिम तराईमा कम्लरी प्रथाहरू रहेका छन् । महिलामाथि हुने हिंसा, वलात्कार, बालबिबाह, बहु बिबाह, अनमेल बिबाहले महिलाको जीवन निकै कठिन बनाएको छ । छोरालाई काखा छोरीलाई पाखा जस्ता कुराहरुले मृत्युको मुखमा पुगेका महिलाहरुको ईतिहांस यस्लाई पन्छाउन अझै केही समय लाग्नेछ ।

नारी आधा आकाशका सहभागी , पवित्र आमा , माता शब्दले परिचित रहेका छन् । अब शिक्षा स्वास्थ्य सामाजिकिकरण आदि महिला सशक्तीकरण सुचकमा दरिलो पाईला अगाडि बढाउन राजनैतिक, सामाजिकलगायत सबै क्षेत्रका महिलाहरुले हातेमालो गर्दै नारी जागरणले समाजमा ल्याउने सकारात्मक परिवर्तनका वारेमा गम्भीररुपले छलफल गर्नुपर्ने बेला आएको छ ।

लैंगिक समता र समानताका लागि समाजका सबै वर्ग समुदायको समान सहभागिता र योगदान दिनु पर्ने हुन्छ । महिला पुरुषको समान र सारभूत सहभागिता विना समाजको समतामुलक विकास असम्भव रहेको छ । लैंगिक विकास तथा सशक्तीकरणका विविध आयामहरुमध्ये आर्थिक, सामाजिक , राजनीतिक  तथा संस्थागत सशक्तीकरण गर्दै सामाजिक विभेद, हिंसा, अन्यायको अन्त्य गर्नु वर्तमानको आवश्कता रहेको छ ।२०८१ फागुन २४ (मार्च ८, २०२५)

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार