
सन्धिखर्क। अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाले संचालन गरेको आँखा परिक्षण शिविरमा ८ सय बढिले सेवा लिएका छन् भने ५९ जनाको माेतियाबिन्दुकाे शल्यक्रिया भएको छ।
भूमिकास्थान नगरपालिकाको आयोजना, नेपाल नेत्र ज्योति संघ आँखा अस्पताल अर्घाखाँचीकाे प्राबिधिक सहयोग तथा रणअम्बिका शाह आँखा अस्पताल भैरहवाको समन्वयमा भूमिकास्थानकाे ढाकावाङ्गमा ५ सय ४ र ढिकुरामा ३ सय १ गरि ८ सय ५ जनाले आँखा निःशुल्क परिक्षण गराएको र आँखामा समस्या देखिएकालाई नि:शुल्क रुपमा चस्मा र औंषधी वितरण गरेकाे स्वास्थ्य शाखा प्रमुख सुरेश गैरेले जानकारी दिनुभएको छ ।
स्वास्थ्य शाखा प्रमुख गैरेका अनुसार ढाकावाङ्ग र ढिकुरामा आँखा जाँच गर्दा माेतियाबिन्दु देखिएका ५९ जनाको नगरस्तरिय आधारभुत अस्पताल चिदिचौरमा निःशुल्क शल्यक्रिया भएको र ३ सय बढिले चिदिचाैरमा ओपिडी सेवा लिएका छन्।
ग्रामिण तहमा उपचारको पहुँचमा नभएकाहरुलाई सेवा दिने उदेश्यले शिविर संचालन गरिएको भूमिकास्थान नगरपालिकाले जनाएको छ।