पि.एम.ए.एम.पि.अर्घाखाँची भन्छः जिल्ला सुन्तला, तरकारी र मासुमा आत्मनिर्भर बन्दैछ

गोपाल प्रसाद भट्टराई
बैशाख–११,अर्घाखाँची । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीले आर्थिक बर्ष २०८१÷८२ को तेस्रो त्रैमासिक प्रगतिको समिक्षा गरेको छ । बुधबार सदरमुकाम सन्धिखर्कमा आयोजित कार्यक्रम मार्फत कार्यालयले चालु आर्थिक बर्षको ९ महिनामा प्रवाह गरेका सेवा र सम्पादन गरेका कार्यक्रमको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको हो ।

कार्यालयले यो ९ महिनामा पुंजीगत तर्फ ९९.५६ प्रतिशत खर्च गरेको छ भने चालुतर्फ २८.८२ प्रतिशत खर्च गरेको एकाई अर्घाखाँचीका प्रमुख बिष्णु बहादुर मग्रातीले जानकारी दिनुभएको छ । उहाँका अनुसार एकाईले तेस्रो त्रैमासिक सम्ममा ७० प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीमा आ.व. २०७३÷०७४ देखि जोन स्थापना गरी लागु गरीएको हो । अहिले जिल्लाका ६ वटै स्थानिय तहमा यो परियोजनाले काम गर्दै आइरहेको छ । तरकारी जोनबाट सुरु भएको यो परियोजनाले अहिले बाख्रा, कफि र सुन्तला जोनका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
अर्घाखाँचीमा यो एकाई स्थापना नहुँदै २५ हजार बाख्रा पालन हुँदै आएकोमा हाल बाख्राको संख्या बढेर ७५ हजार बढि पुगेका छन् । भने १ हजार ५० हेक्टर बढि क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । व्यवसायिक बाख्रा पालन, सुन्तला र तरकारी उत्पादनमा वृद्धि भइरहेकोले मासु, सुन्तला र तरकारीले अर्घाखाँची आत्मनिर्भर हुने दिशामा उन्मुख रहको एकाई प्रमुख मग्रातीको भनाई छ ।
मासु व्यवसायीलाई प्रोत्साहन गर्न ढुवानीका साना गाडि ५ वटा, कफि प्रशोधनको लागि मेशिनरी सामाग्री खरिद र संचालन, ७ सय बढि किसानले अनुदान लाभ लिनु, सिंचाईको लागि संरचना निर्माण तथा संचालन र बेरुजु शुन्य हुनु जस्ता कार्यलाई यो एकाईले  प्रगतिका रुपमा लिएको छ । ४ करोड ४३ लाख विनियोजित बजेट र कार्यक्रम मध्ये रितपूर्वक कार्यक्रम संचालन गर्न नसकेपछि ६३ लाख बजेट फिर्ता गर्नुपरेको एकाई प्रमुख मग्रातीले बताउनुभएको छ ।

हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीले जिल्लाका २१ वटा वडामा तरकारी जोन, ३८ वटा वडामा बाख्रा जोन, १४ वटा वडामा कफि जोन र २६ वटा वडामा सुन्तला जोनका कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला, मालारानी गाउँपालिका उपाध्यक्ष दिपा पोख्रेल र प्रमुख जिल्ला अधिकारी खरेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले आर्थिक
समृद्धिको आधार कृषिलाई व्यवसायिक बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अध्यक्षता र परियोजना कार्यान्वयन एकाईका भगवता चौहानको संचालनमा सम्पन्न कार्यक्रममा ६ वटै पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, कृषिशाखाका प्रमुख, कृषिज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार