एमसिसीका बिरुद्ध नागरिक अभियानको आयोजनामा बुटवलमा प्रदर्शन

असार ८ सुपादेउराली अनलाइन । एमसिसी बिरुद्ध नागरिक अभियानको आयोजनामा आज बुटवलमा प्रदर्शन भएको छ। बुटवलको ट्राफिक चोक बाट नारा जुलुस सहित राष्ट्रिय झण्डा ब्यानर र प्लेकार्ड सहित अगाडि बढेको र्याली पुष्पलाल पार्कमा आई कोण सभामा परिणत भएको थियो।
कोण सभाम बोल्दै अभियानका संयोजक अधिबक्ता पदम कार्कीले एमसिसी विकास परियाेजनाको नाममा अमेरिकी सैन्यपरियोजना भएको र यसले राष्ट्रिय स्वाधीनता धरापमा पार्ने बताउनु भयो । उहाँले यो परियोजना कुनैपनि सर्तमा लागुहुन नदिन देशभक्त नागरिकहरुले निरन्तर खबरदारि गर्नुपर्ने जोड दिनुभयो।
कोण सभामा माक्र्सवादी बिचार मन्चका सचिव बिनबहादुर कार्की, अधिबक्ता ज्ञानु केसी, साझा पार्टीका नेता सुदन ज्ञवाली, राष्ट्रीय जागरण अभियानका हिमलाल वाग्ले, देजमोका नेता दलबहादुर छन्त्याल, राष्ट्रिय पुनर्जागरण मन्चका कल्पना डुम्रे, युवा नेता दीपक पौडेल, पुरन पोखरेल लगायतले बोल्दै एमसिसी संझौता कुनैपनि हालतमा पारित गर्न नहुने र यो परियोजना आईपिएस केै अंग भएकोले नेपळाई युद्धभुमि बनाई यसले चीन घेर्ने रणनिति अनुरुप अाएको हुँदा अान्दोलित हुनपरेको बताएका थिए। अाषाढ १३ गते सनिबार युवाहरुको सकृयतामा बृहत् पर्दर्शन गर्नुका साथै एमसिसी बिरुद्धमा हुने हरेक आन्दोलनमा नागरिक स्तरबाट सहभागिता जनाउने र लगत्तै छलफल गरि निरन्तर दबाब कार्यक्रम तय गरिने अभियान्ता बिनोद खनालले बताएका छन।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार