
बैशाख–१२,अर्घाखाँची। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीले बिहिबार दुध,माछा र मासु विक्रेताका लागि एक दिने अभिमुखिकरण संचालन गरेको छ।
गोठदेखि ओंठ सम्म दुध र मासुको स्वस्थकर र गुणस्तरिय उपभोग गर्न गराउन टेवा पुगोस भन्ने उदेश्यले यस्तो कार्यक्रम गरिएको कार्यालयको भनाई छ।
कार्यक्रममा कार्यालय प्रमुख विष्णु प्रसाद पौडेलले कार्यालयको प्रगति प्रतिवेदन, पशुचिकित्सक डाक्टर हकिकत अलिले स्वस्थ,स्वच्छ र गुणस्तरिय मासु कसरी बनाउने, कति खाने ? र पशु स्वास्थ्य अधिकृत सुन्दर वि.क.ले दुधलाई शुद्धिकरण कसरी गर्ने ? कसरी र कति दुध पिउने लगायतका बिषयमा प्रस्तुती गर्नुभएको थियो।
जिल्लाको सन्धिखर्क, भूमिकास्थान, शितगंगा नगरपालिका, पाणिनी, छत्रदेव र मालारानी गाउँपालिकाबाट दुध,माछा र मासु व्यवसायिहरुको प्रतिनिधिमुलक सहभागितामा सम्पन्न कार्यक्रममा सहजीकरण गर्दै उहाँहरुले उपभोक्तालाई
स्वस्थकर र गुणस्तरिय सेवा उपलब्ध गराउनु ब्यापारिको व्यवसायिक धर्म भएकोले सोहि अनुसार गर्न आग्रह गर्नुभएको छ ।
बढि नाफा कमाउने नाममा खाद्य वस्तुको गुणस्तर बिगार्नु र परिमाण घटाउनु ठुलो गल्ति हुने भन्दै व्यवसायिक जिम्मेवारी भुल्न नहुनेमा जोड दिनुभएको छ ।
अर्घाखाँचीमा दुध र मासुको उत्पादन आवश्यकता भन्दा धेरै हुने गरेको, माछा न्युन मात्रामा उत्पादन भएको र अण्डामा आत्मनिर्भरताको नजिक रहेकोले माग बमोजिमको सेवालाई परिपुरण गर्नेगरि व्यवसायिक कृषि गर्नपनि कार्यालयले आग्रह गरेको छ ।
गोठदेखि ओंठ सम्म र आलीदेखि थाली सम्म स्वस्थ, स्वच्छ र गुणस्तरिय खाद्य वस्तुको उपभोग गर्न गराउन भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीले किसान, विक्रेता र उपभोक्ता सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ।
कार्यक्रम बरिष्ठ पशुविकास अधिकृत राधा पाण्डेको स्वागत मन्तव्य र पशुसेवा प्राविधिक योगेन्द्र मरासिनीको संचालनमा सम्पन्न भएको हो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित समाचार

