माओवादी नेता खनाललाई मातृशाेक

अर्घाखाँची। नेकपा (माओवादी केन्द्र)का युवा नेता तथा भूमिकास्थान नगरकमिटी पूर्व उपाध्यक्ष बाबुराम खनाल र सक्रिय सदस्य माधव खनाललाई मातृशाेक परेको छ।

भूमिकास्थान-१ ढाकावाङ्ग ठुलाखाेला निवासी खनालका माता तुल्सा खनालको शनिवार आफ्नै निवासमा ७४ वर्षको उमेरमा निधन भएको हो।

स्वर्गीय खनालको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य काशबहादुर गमालले पार्टीको हँसियाहथौडा अंकित झण्डा ओडाइ अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो।

स्थानीय घाटमा गरिएको अन्त्येष्टिमा स्वर्गीय खनाललाई अन्तिम श्रद्धाञ्जली दिनका लागि भूमिकास्थान-१ का वडाध्यक्ष गाेपालप्रसाद खनाल, राष्ट्रिय जनमाेर्चाका नेता खडका बहादुर थापा, नेकपा (माओवादी केन्द्र) प्युठान मल्लरानी गाउँकमिटी उपाध्यक्ष विष्णु शर्मा, नेकपा (एमाले) भूमिकास्थान-१ का अध्यक्ष ज्ञानबहादुर पुन, नेपाली काङ्ग्रेस भूमिकास्थान-१ का सभापति विष्णुप्रसाद खनाल लगायतका जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुकाे बाक्लो उपस्थिति रहेको थियो।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार