असार ९ गते बुटवलमा ११ दलले संयुक्त प्रदर्शन गर्ने

असार ८ सुपादेउराली अनलाइन । एमसिसी राष्ट्रघाती भएको र यसले नेपालकाे सार्वभौमसत्ता र अखण्डता समेत गम्भीर अाँच पुराउने,देशकाे असलंग्न परराष्ट्र नीति का समेत बिरूद्व भएको ले यसलाई कुनै पनि हालत र प्रारूपमा पास गर्न नदिने मनशायका साथ भाेली असार ९ गते ११ पार्टी तथा संगठनहरूकाे केन्द्रीय संयुक्त कार्यक्रम प्रति एैक्यबद्दता प्रकट गर्दै रूपन्देहीमा त्यस मध्येका क्रियाशिल संगठनहरूकाे अायाेजनामा विशाल प्रदर्शनकाे तैयारी भएको छ।

नेपाल कम्युनिस्ट पार्टी(मसाल) रूपन्देहीका प्रबक्ता नारायण जिसीकाे अध्यक्षता सम्पन्न सर्वदलीय बैठकले भाेली असार ९गते बेलुका ४बजे बाट बुटवलको पुष्पलाल चाैकमा कार्यक्रम निश्चित गरि व्यापक प्रचारप्रसार सहित अावश्यक व्यवस्थापनकाे जिम्मेवारी समेत वाँडफाँड गरेकाे छ। कार्यक्रम सफलताको लागि अाम देशभक्त,राष्ट्रप्रेमी जनसमुदाय लाई उपस्थितिकाे लागि संयुक्त संघर्ष समिति विनम्र अनुरोध गर्दछ।प्रदर्शनलाई ९दलका नेताहरूले सम्बाेधन गर्ने कार्यक्रम रहेकाेछ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार