
गोपाल प्रसाद भट्टराई
बैशाख–२३,अर्घाखाँची।
“गणतन्त्रको रक्षा, प्रतिगामी खतराको बिरुद्ध संघर्ष र संघियताको खारेजीका निम्ती राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले नागरिक सचेतना अभियान संचालन गर्नेभएको छ ।
पार्टीको केन्द्रिय कार्यक्रम अनुसार बैशाख २६ गतेदेखि ३१ गते सम्म राजमोले जिल्लाभर यो अभियान संचालन गर्ने भएको हो ।
सोमबार सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले “गणतन्त्रको रक्षा, प्रतिगामी खतराको बिरुद्ध संघर्ष र संघियताको खारेजीका निम्ती १ हप्ते कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिगामी शक्तिका कारण अहिले पनि नेपालको व्यवस्था अप्ठ्यारोमा परेको निष्कर्ष सहित देशभर राजमोले जागरण अभियान संचालन गर्न लागेको उहाँको भनाई छ।
जस अनुसार राजमो अर्घाखाँचीले बैशाख २६ गते मालारानीको हंसपुरमा जनसभा गर्ने भएको अध्यक्ष थम्मन के.सी.ले जानकारी दिनुभएको छ । अध्यक्ष के.सी.का अनुसार बैशाख २७ गते भूमिकास्थानको ढाकावाङ्ग पिपलनेटामा, बैशाख ३० गते सन्धिखर्कको शान्ति बगैंचामा र बैशाख ३१ गते भूमिकास्थान नगरपालिकाको खिल्जी र असुरकोटको संगम स्थल उदयठाँटीमा जनसभा गर्ने छ ।
यि सबै कार्यक्रममा नेकपा मसाल लुम्बिनीका प्रवक्ता तिलक जि.सी. सहित जिल्लाका शिर्षस्थ नेताहरुको सम्बोधन रहने राजमो अर्घाखाँचीले जनाएको छ ।
राजमो जिल्ला कोषाध्यक्ष गोविन्द वि.सी.को स्वागत मन्तव्य र सचिव बाबुराम पन्थीको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष के.सी.ले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको हो ।
नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल, राजमो जिल्ला सचिवालय सदस्य कमल प्रसाद घिमिरे, अनेमसंघ केन्द्रिय उपाध्यक्ष कल्पना पोख्रेल लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेता शेर बहादुर वि.सी. र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेता वि.सी.ले नेपालमा संघियता अभिसाप भइसकेको जिकिर गर्नुभएको छ । संघियता खारेजी, प्रतिगमनको पूर्ण परास्ती र राजनितिक स्थायित्व भएमात्रै मुलुकको विकासले गति लिने उहाँको तर्क छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित समाचार

