कोरोना भाईरस र नेपालको अर्थतन्त्रमा परेको असर

विवेक जि सी
सन् २०१९ काे ३० डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाईरस (COVID19)ले यति बेला सिङ्गो विश्रमा अातंक मच्चाइरहेको छ। यस अदृश्य भाईरसकाे एक लाख बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् भने १९ लाखभन्दा बढी संक्रमित छन्।

सम्भावित संक्रमित फैलनबाट सचेत रहनकाे लागि विश्वभर लकडाउन घाेषणा गरिएकाे छ। याे समयमा काेहि पनि घरबाट वाहिर निस्केका छैनन् ।सबै व्यापार व्यबसाय स्कुल ,कलेज ,उध्याेग कलकारखाना बन्द छन्।यसले विश्वकाे अर्थ समेत व्यापक रुपमा नाेक्सान पुर्याइरहेकाे छ।यसकाे असर नेपालमा पनि प्रत्यक्ष रुपमा देखापरेकाे छ।

सामान्यतया:याे महामारीले स्वास्थ्य  क्षेत्रमा मात्र असर पार्न सक्छ भनेर अांकलन गर्न सकिएला, तर यसकाे असर सवै क्षेत्रमा पारेकाे छ।नेपालकाे सन्दर्भमा कुरा गर्नुपर्दा राष्ट्रिय  जनगणना विं सं.२०६८(सन्2011) र अार्थिक सर्भे सन् 2017/18 अनुसार नेपालकाे कुल गाह्रस्थ्य उत्पादन कृषि  क्षेत्रले २९.३७ % ,जलश्राेत क्षेत्रले०८.९०%  ,वन क्षेत्रले १५% ,खनिज क्षेत्रले ०.८३%,उध्याेग वाणिज्य क्षेत्रले ०५.६७% ,पर्यटन क्षेत्रले ०२%,विप्रेषण क्षेत्रले २९.९% र अन्य क्षेत्रले  ११.२०%  याेगदान गरेकाे पाईन्छ ।तर वर्तमान काेभिड१९ काे असरकाे कारण यहि चैत्र११ गते सुरु गरिएकाे लकडाउनले नेपालकाे अर्थतन्त्र विचलन  हुने कुरा निश्चित छ।देश अार्थिक मन्दीकाे चपेटामा सुनिश्चित छ,जुन कुराकाे परिपुर्ति  गर्न वा सहज हुन नेपाल सरकारलाई  कम्तिमा पाँच  वर्ष थप समय लाग्ने अनुमान  गर्न सकिन्छ ।

चुनाैती र असर

नेपालमा खाध्य समस्या हुन सक्ने, गरिविकाे तह २१.६% भन्दा पुन माथि उकालाे लाग्न सक्ने।देशमा युवा बेरोजगारी ४८% वढेर ६०% भन्दा माथि हुन सक्ने र वैदेशिक सहायता भारी मात्रामा कटाैती हुन सक्ने हुदा झन समस्या  थपिनेछ।

भ्रष्टाचार ,कालाेबजारी वढ्नेछ,भाैतिक पुर्वाधार विकासका कामहरुले गति लिन सक्दैनन् ,सरकारले चालु अार्थिक वर्षमा ८.५% अार्थिक वृद्धिदर  हासिल गरेरै छाड्ने दाबी गरेकाे थियाे तर  विश्व वैंकले पनि महामारीका कारण विश्व  अर्थतन्त्र चाैपट हुने प्रक्षेपण गरेकाेछ।विश्व वैककाे रिपाेट अनुसार नेपालकाे अार्थिक वृद्धिदर अागामी वर्ष१.५% मा खुम्चिने जनाएकाे छ। नेपालमा विकास निर्माणकाे धेरै काम हुने फागुन चैत्र,वैशाख ,  जेठ, हाे ।मुख्य समय हाम्राे खेर गयाे,फेब्रुअरी ,मार्च अप्रिल पर्यटकका सिजन हाे,त्याे पनि खेर गयाे।वैदेशिक राेजगारमा जानेहरुकाे अवस्था पनि अन्त्य भयाे।

अब के गर्नुपर्छ सरकारले?

नेपाल अायातमुखि अर्थतन्त्र  भएकाे देश हाे।अायातकाे अंकलाई घटाउनु नेपाल सरकारकाे प्रमुख चुनाैति  देखा  परेकाे छ।करिव ३० वर्ष अघि धान चामल निर्यात  गर्ने नेपाल अाज विउ अायात गरिरहेकाे छ।देशका अधिकांश जमिन बाझा छन सरकारले सरकारले सिँचाई मल उन्नत विउ उपलब्ध र प्राविधिक सेवा प्रदान गर्ने हाे भने, फेरि धान चामल, दलहन र तेल निर्यात  गर्न नसके पनि अान्तरिक माग पुरा हुन्छ।

पुर्वाधार  विकासका  अायाेजनाहरुका लागि नेपालमै कच्चापदार्थ  पहिचान  गरी उध्याेग  संचालन गर्नुपर्छ।पहिचान गरेर उध्याेग संचालन गरी युवाले राेजगारी अवसर प्राप्त  गर्नुका साथै देशकाे अार्थिक विकासका प्रत्यक्ष  प्रभाव परी यी बस्तुहरुकाे निर्यात  गर्न सक्षम हुने देखिन्छ।

पर्यटन  क्षेत्रलाई  व्यापक फराकिलो बनाई पर्यटनमा राज्यले लगानी गर्नुपर्दछ। हरेक २० किलोमिटर  फरक माैसमी स्वाद लिन पाउने वातावरणहरुकाे अनुपम संगम, हिमाल  ,पहाड र तराईकाे पारस्परिक सम्वन्ध,विविधायुक्त समाज संस्कृति,सामाजिक चालचलन, रहनसहन जस्ता विशेषताले युक्त ग्रामिण प्रयटनकाे उदाहरण हाे भन्दा अत्ययुक्ति नहाेला यसकाे  प्रवध्दनकाे लागि गुरुयोजना  निर्माण  गरी त्यसकाे कार्वायान्यनमा ध्यान दिन सके ,नेपालले छाेटाे समयमै पनि प्रगति गर्न सक्छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार